आज : Saturday, December 15, 2018 | २०७५ मङ्सिर २९ शनिबार

महराले बाजी मारे,सभामुखमा उमेद्वारी दिँदै

आठैप्रहर संवाददाता - |

आज बिहान माओवादी नेतृत्वको बैठकले सभामुखमा नेता कृष्णबहादुर महरालाई उठाउने निर्णय गरेपछि उनी वाम गठबन्धनको तर्फबाट सभामुखको उमेदरवार बनेका छन् । 
सभामुखको चुनाव शनिबार हुँदैछ र उमेद्वारी दर्ता आज छ । संसदमा बाम गठवन्धनको अत्याधिक बहुमत रहेकाले महराको जित निश्चित छ । 

२०४८ मा रोल्पाबाट चुनाव जितेर सांसद भएका महरा सूचना तथा सञ्चार, परराष्ट्र, गृह र अर्थ मन्त्री तथा उपप्रधानमन्त्रीसमेत भइसकेका छन् ।

राष्ट्रपतिमा विद्या भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनः जसरी नै सभामुखमा ओनसरी घर्ती दोहोरिने अनुमान गरिएपनि त्यस्तो भएन । 

महरा माओवादीमा अत्याधिक अवशर पाउने नेता मानिन्छन् ।  

प्रतिकृया दिनुहोस