आज : Saturday, June 23, 2018 | २०७५ असार ९ शनिबार

यसरी राष्ट्रपतिमा विद्या नै हुने निर्णय भयो

आठैप्रहर संवाददाता - |

नेकपा एमालेको राती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै पुनः राष्ट्रपतिमा उठाउने निर्णय गरेको छ । भोली राष्ट्रपतिको उमेद्वारी दर्ता गराउने कार्यक्रम तोकिएको छ । 

सत्तारुढ एमाले र माओवादीबीच राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले लिने सहमति भएकाले एमालेले उठाएको राष्ट्रपतिको उमेद्वार जित्ने निश्चित छ । यस हिसाबले भण्डारी आगामी ५ वर्षसम्मका लागि राष्ट्रपति हुने निश्चित देखिएको छ । 

राष्ट्रपतिमा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत दावेदारी प्रस्तुत गरेपछि एमाले स्थायी समितिको बैठक लम्बिएको थियो । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली भण्डारीको पक्षमा थिए भने खनालको पक्षमा पनि स्थायी समितिमा उल्लेखनीय संख्यामा नेताहरु देखिएका थिए । 

तर, सक्रिय राजनीतिबाट टाढा हुनुपर्ने तथा दुई वर्षमात्रै राष्ट्रपति हुन पाएकाले भण्डारीलाई निरन्तरता नदिँदा उनीमाथि अन्याय हुने तर्क एमाले बैठकमा भण्डारीको पक्षमा काम गरेको देखिएको छ । खनालको पक्षमा भने नेताहरुबीच अवशरको न्यायपूर्ण बाँडफाँड हुनुपर्ने तर्क ल्याइएको थियो । 

प्रतिकृया दिनुहोस