आज : Wednesday, September 26, 2018 | २०७५ असोज १० बुधबार

दार्जिलिङ यसरी शोक मान्दैछ, इन्द्रबहादुर राईको निधनमा

आठैप्रहर संवाददाता - |

दार्जिलिङ। नेपाली साहित्यमा आयामेली आन्दोलनका एकजना प्रवर्तक इन्द्रबहादुर राईको निधनले नेपाली साहित्यमा एउटा युगको अन्त्य भएको छ । दार्जिलिङ लोचनगरस्थित निजी वासस्थानमा आज साँझ ९२ वर्ष पुगेका लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको निधन भयो। उनी गएको निक्कै दिनदेखि अस्वस्थ थिए। उनी साहित्यका सर्जक मात्र थिएनन्, राजनीतिज्ञ साथै सामाजिक चिन्तक पनि थिए ।

स्व. रणवीर राई र स्व. हस्तामाया देवानका छोरा इन्द्रबहादुरको जन्म ३ फरवरी १९२७ सालमा खरसाङदेखि मुनि करीब ३० किलोमीटर टाडा बालासन खोला नजिक भएको थियो। अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनी दार्जिलिङको सन्त जोसेफ कलेजमा अंग्रेजी विषयका प्राध्यापक थिए। कलेजको शिक्षण कार्यबाट अवकाश भएपछि पनि उनले नेपाली साहित्यको विकास कार्यलाई निरन्तरता दिइनै रहे। उनको पहिलो कृतिको रूपमा ‘विपना कतिपय’ (संग्रह) १९६१ सालमा प्रकाशित भएको हो। उनको चर्चित उपन्यास ‘आज रमिता छ’ १९५८ मै लेखिसिध्याएका थिए, जसको प्रकाशन १९६४सालमा भएको थियो। इन्द्र बहादुर राईले १९७९ सालमा अलग राज्य छुट्टै राज्य माग गर्ने प्रान्त परिषदलाई नेतृत्व दिएका थिए। 

१९८० को दशकमा नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीअन्तर्गत मान्यता दिलाउनका निम्ति गरिएको आन्दोलनमा उनले धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको निधनले भारतीय नेपालीहरूको मूल गढ दार्जिलि पूर्ण रूपले शोकमा डुबेको छ भने सबैभन्दा ठूलो अपुरणीय क्षति भोग्न परेको छ। दार्जि्लिङको साहित्य, सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक सबै क्षेत्रलाई उनको निधनले अपुरणीय क्षति पुर्यााएको छ। 

उनको निधनले सम्पूर्ण नेपाली समाजलाई ठूलो क्षति भएको कुरा गर्दै दार्जि्लिङका सुपरिचित युवा साहित्यकार एवं पत्रकार विमल राईले गहिरो शोक प्रकट गरेका छन्। ‘‘इन्द्र बहादुर राई सरले एउटा सफल जिउनु भयो। उहाँले लेख्नु पर्ने सबै कुराहरू नै लेख्नुभयो साथै आफूमाथि लेखिएका विभिन्न कृतिहरू हेर्ने पाउनुभयो, पढ्न पाउनु भयो। उहाँले आफूमाथि गरिएका कयौं शोधकार्यहरू देख्न, पढ्न पाउनुभयो ।’’ भन्छन् विमल राई। इन्द्र बहादुर राईमाथि लेखिएका विभिन्न लेखहरूको संग्रह ‘चुनिएका पछिल्ला लेखहरू’ उनकै जन्मदिनको अवसरमा गत महिना ३ फरवरीको दिन सिलगढी नजिक मेथिबारीस्थित उनकै वासस्थानमा विमोचन गरिएको थियो। 

१९७७ सालमा नयाँ दिल्लीबाट साहित्य अकादमी पुरस्कारले सम्मानित हुने उनी पहिलो भारतीय नेपाली साहित्यकार हुन्। आफ्नो जीवनकालमा उनी कयौं पुरस्कार र सम्मानहरूले सम्मानित भइसकेका हुन्। १९८७ सालदेखि गोर्खाल्यान्ड आन्दोलनको दौरानमा बन्द भएको भानु पुरस्कार २००२ सालमा पुन शुरू गर्दा सो पुरस्कार उनलाई प्रदान गरिएको थियो। भानु पुरस्कार पश्चिम बंगाल सरकारले स्थापित गरेको थियो। नेपाली साहित्यमा आजीवन बहुमूल्य योगदान पुर्याएका हुनाले उनलाई २०१४ सालमा १३ जुलाई भानु जयन्तीको शुभअवसरमा दार्जिलिङ गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)द्वारा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। इन्द्रबहादुर राई, ईश्वलर बल्लभ र वैरागी काइँला मिलेर गरिएको आयमेली आन्दोलनद्वारा उनीहरूले नेपाली साहित्यमा तेस्रो आयाम लेखन भित्र्याएका हुन्। 

जीवन र जगतलाई खोतालिएको उनको पुस्तक ‘आज रमिता छ’ उपन्यासलाई मानिन्छ। यही उपन्यासपछि नै समालोकहरूले अन्य उपन्यासहरू बारेमा लेख्दा जीवन र जगत खोतालिएको कुरा गर्न शुरू गरेका हुन्। तेस्रो आयमले जीवन र जगतलाई समेट्न नसक्ने खालको देखेपछि उनले लीला लेखन शुरू गरेका हुन्।

प्रतिकृया दिनुहोस