आज : Sunday, February 18, 2018 | २०७४ फाल्गुण ६ आइतबार

स्थापित बन्ने भए मन्त्री

आठैप्रहर संवाददाता - |

मुलुकको पहिलो प्रदेश सरकार ३ नम्बर प्रदेशमा बन्दैछ र त्यसको एक मन्त्री काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापित बन्दैछन् । मुख्यमन्त्री डोरमणि पौडेल नियुक्त भइसकेका छन् । उनले आजै सपथ लिने कार्यक्रम छ । सपथ लिएलगत्तै ३ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी पौडेलले गरेको श्रोत बताउँछ ।

स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने बताइएको छ । काठमाडौं महानगर हुँदा राम्रो काम गरेर शहरी विकासमा काम गर्नसक्ने सम्भावना देखाएका स्थापितले मुख्यमन्त्रीमा दावी समेत गरेका थिए । उनी काठमाडौं महानगरपालिकाको मेयरका पनि दावेदार थिए । तर, एमाले छाडेर विगतमा प्रजापरिषददेखि माओवादी हुँदै एमाले प्रवेश गरेको स्थापितलाई अस्थिर राजनीतिक चरित्र देखाएको भन्दै एमालेले मेयरको टिकट दिएन । स्थापितले पौडेललाई एमाले संसदीय दलको नेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिकृया दिनुहोस