आज : Thursday, April 26, 2018 | २०७५ बैशाख १३ बिहीबार

शेरधन बढेको बढ्यै, मुख्यमन्त्रीको बाटो खोले

आठैप्रहर संवाददाता - |

प्रदेश नम्बर १ को एमाले संसदीय दल नेताको चुनावमा भोजपुरका शेरधन राई बिजयी भएका छन् । उनले सुनसरीका भीम आचार्यलाई पराजित गरे । एमालेको एकल बहुमत तथा माओवादीसँगको तालमेलमा एमालेले त्यहाँ मुख्यमन्त्री पाउने सहमति बमोजिम अब राई मुख्य बन्ने निश्चित छ । 

एमाले पोलिटब्यूरो सदस्य राईले भर्खरै प्राप्त परिणाम अनुसार २६ मत पाए भने एमाले सचिव आचार्यले २४ मत मात्रै पाए । १ मत बदर भएको बताइएको छ । 

राई ओली पक्षका मानिन्छन् भने आचार्य नेपाल पक्षका । सुरुमा त्यहाँ नेपाल पक्षकै जिवन घिमिरे पनि नेतामा उठ्ने बताइएपनि उनले उमेद्वारी दिएनन् । 

यो परिणामपछि युवा नेता राईको राजनीतिमा तिब्र प्रगति मानिएको छ । उनी यसअघि ओली नेतृत्वको सरकारमा संचारमन्त्री थिए । 

प्रतिकृया दिनुहोस