आज : Wednesday, November 14, 2018 | २०७५ कार्तिक २८ बुधबार

अन्तमा छक्का हाने, डोरमणिले

आठैप्रहर संवाददाता - |

तस्विरः जनताटाईम्स

ढिलोगरी चर्चामा आएका हेटौंडाका डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने भएका छन् । आज भएको एमाले ३ नम्बर प्रदेश संसदीय दलको नेताको चुनावमा पौडेल एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै बिजयी भएपछि यो निश्चित भएको हो । 

भर्खरै सार्वजनिक परिणाम अनुसार, पौडेलले ३४ मत ल्याएका छन् भने शाक्यले २४ मत मात्र पाइन् । चुनावमा ५८ मत खसेको थियो । पौडेल ओली र शाक्य नेपाल पक्षकी मानिन्छन् । पार्टीमा वरिष्ठ नेता भएकाले शाक्यसँग पौडेल कमजोर हुने अनुमान गरिएको थियो ।

पौडेल हेटौडाका पूर्व मेयर हुन् र हेटौंडाको विकाशमा उनको योगदान मानिन्छ । हेटौडाको सहिद पार्क निर्माण पनि उनको सोच र योजना अनुसार भएको हो । 

शाक्य र धादिङका राजेन्द्र पाण्डेबीच प्रदेश संसदीय दलको नेताका निम्ति प्रतिस्पर्धा हुने भनिएकोमा अन्तिममा पौडेल प्रतिस्पर्धीमा देखिए भने पाण्डेले उमेद्वारी नै दिएनन् । पाण्डेले शाक्यलाई समर्थन गरेको बताइएको छ । पौडेल पहिले प्रदेश सभामुख बन्ने चर्चा थियो । 

प्रतिकृया दिनुहोस