आज : Wednesday, November 14, 2018 | २०७५ कार्तिक २८ बुधबार

बल्ल आज राजीनामा बुझाउँदै, माओवादी मन्त्री

आठैप्रहर संवाददाता - |

वर्तमान सरकारमा रहेका माओवादी मन्त्रीहरूले अहिले केहिबेरमा राजीनामा दिदैछन् । हिजो बिहीबार माओवादीले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरे अनुसार, मन्त्रीहरूको राजीनामा लिएर विनाविभागिय मन्त्री एवम् माओवादी नेता गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

अहिले सरकारमा माओवादीबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा छन् ।

माओवादी असोज १७ मा एमालेसँग चुनावी गठवन्धनमा सामेल भएका कारणा नेपाली कांग्रेस र माओवादीबीच बिबाद बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओवादीका नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

निर्वाचनपछि प्रधानमन्त्री देउवाले राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि बाटो खोल्न आग्रह गरेको माओवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन ढिलाई गरेकोमा आलोचना भइरहेको थियो । तर, मन्त्रीहरुकोे राजीनामा बुझाउन सिंहदरवार पुगेका माओवादी नेता पोखरेलले प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन लागेको बताए ।

‘ताजा जनादेश आएलगत्तै नैतिकताका आधारमा छिटै प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, किन हतारमा हामीले मात्र राजीनामा दिनुप¥यो भन्ने थियो, तर, प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्ने देखिएपछि हामीले राजीनामा दिएका हौँ’ पोखरेलले भने ।  

प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाउँदा माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितताका लागि आफूहरू सरकारमा बसेको बताएको थियो । 

माओवादीका सबै मन्त्रीले एक हप्ताभित्र मन्त्रीनिवास छोड्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस