आज : Saturday, June 23, 2018 | २०७५ असार ९ शनिबार

एमाले—माओवादी कार्यदललाई ओली र प्रचण्डको निर्देशन

आठैप्रहर संवाददाता - |

राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न मंगलबार गठन गरिएको कार्यदललाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्तरुपले निर्देशन दिएका छन् अध्यक्षद्वयले निर्देशन दिएका हुन् ।

ओली र दाहालसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक आज बुधबार ओली निवास बालकोटमा बसेको थियो ।

बैठकमा अध्यक्षद्वयले कार्यदलले काम गर्ने कार्याविधी र कार्यदेशका बारेमा दिशानिर्देश गरेका थिए ।

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणासहितको प्रतिवेदन तयार पार्नेछ तथा पार्टी एकता संयोजन समितिमा पेश गर्नेछ ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शङकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव रहेका छन् ।

कार्यदलले बिहिबारदेखि आफ्नो काम सुरु गर्ने बताइएको छ । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि आजै थाईलेण्डको राजधानी बैंकक जाँदैछन् । ओली आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस