आज : Saturday, June 23, 2018 | २०७५ असार ९ शनिबार

राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

आठैप्रहर संवाददाता - |

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले अध्यादेश जस्ताको तस्तै प्रमाणिकरण गर्न नहुने अडान राखेकोमा हिजो उसको स्थायी समिति बैठकले त्यसबारे नरम निर्णय गरेको थियो । अध्यादेशमा राष्ट्रिय सभा एकल संक्रमणीय निर्वाचन प्रणालीबाट निर्माण हुने उल्लेख छ, एमालेले बहुमतीय निर्वाचन प्रणाली हुनुपर्ने माग राखेको थियो । 

राष्ट्रिसभा निर्माण नभई प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको नामावलि प्रकाशन नगर्ने निर्वाचन आयोगको अडान रहेकोमा अब सो जटिलता फुक्नेछ । यसले नयाँ सरकार गठनको बाटोमा पनि खुलेको छ । 

आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस