आज : Friday, January 19, 2018 | २०७४ माघ ५ शुक्रबार

बढि मतले जित्नेमा अब ओलीपछि बास्कोटा 

आठैप्रहर संवाददाता - |

एमाले अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो लोकप्रिय मतको रेकर्ड दोलखाका सांसद एमाले नेता पार्वत गुरुङका नाममा रहेकोमा अब काभ्रे २ बाट सांसद जितेका एमालेकै गोकुल बास्कोटाको नाममा कायम भएको छ ।

निर्वाचन आयोगले शुरुमा मत परिणाम सार्वजनिक गर्दा गोकुलले ५४ हजार ४२७ मत प्राप्त गरेर बिजयी भएकोमा मत जोड्ने क्रममा एउटा बुथको छुटेको भन्दै आयोगले बास्कोटाले ५५ हजार ५२६ मत पाएको जनाएपछि उनी दोश्रो लोकप्रिय मत पाउने सांसद बनेका हुन् ।

यसअघि ५० हजार मत कटाएर चुनाव जित्ने ६ जना सांसदमा बास्कोटा पार्वतपछि तेश्रो नम्बरमा थिए । पार्वत ५५ हजार ४५७ मत प्राप्त गरी बिजयी भएका थिए । तर ३० हजार मतान्तरले चुनाव जितेका पार्वतको नाममा सबैभन्दा ठूलो अन्तरले जितेको रेकर्ड भने कायमै छ । एमाले अध्यक्ष ओलीले झापा ५ बाट ५७ हजार १३९ मत पाएका थिए । 
५० हजार मत कटाएर जित्ने अन्यमा चितवन १ बाट एमाले नेता सुरेन्द्र पाण्डे, अर्घाखाँचलीबाट माओवादीका टोपवहादुर रायमाझी र बर्दिया २ का माओवादीकै सन्तकुमार थारु छन् ।

लामो समय पत्रकारितमा पनि रहेका बास्कोटालाई ओली नजिक मानिन्छ र ओली प्रधानमन्त्री बन्ने करिब निश्चित रहेको मानिएको बेला उनले पनि सरकारमा  विशेष जिम्मेवारी पाउने सम्भावना रहेको बताइन्छ ।  

प्रतिकृया दिनुहोस