आज : Wednesday, November 14, 2018 | २०७५ कार्तिक २८ बुधबार

अब उत्तर कोरियाले यस्ता कामबाट कमाउन पाउने छैन

अन्तराष्ट्रिय डेस्क - |

अमेरिकासँग अनौठोसँग हतियारमा प्रतिस्पर्धा गरिरहेको उत्तर कोरियाले अत्यन्त महङ्गो मिसायल र आणविक तथा हाइड्रोजन बम निर्माणको खर्च कसरी जुटाउँछ ? आधा शताब्दीभन्दा लामो समयदेखि अमेरिकासहित पश्चिमा मुलुकहरुको कुनै न कुनै प्रकारको प्रतिवन्ध बेहोरेको उसले के उपाय अपनाउदो होला, हतियार निर्माण र परीक्षण खर्च निकाल्न ? संयुक्त राष्ट्र संघको पछिल्लो कडा प्रतिवन्धले पनि उसलाई अशर नपार्ला ?

यसले उसका अरु कमाईका गुप्त बाटोहरुमा के अशर पर्ला भन्ने हेर्न बाँकि नै छ । तर, उत्तरका कम्पनि र कामदारलाई बिदेशमा जान रोक लगाएको प्रतिवन्धले उसको एउटा कमाईको बाटोलाई भने ठाडै अशर पार्ने देखिन्छ । त्यो हो, ठूला ठूला प्रतिमा निर्माण गरेर आर्जन गर्ने बिदेशी मुद्रा । 

झण्डै १२ हजार ७०० किलोमिटर टाडा अफ्रिकाको पश्चिमी तटमा रहेको सेनेगलबाट उत्तरले एउटा विशाल प्रतिमा ७ वर्ष अघि मात्र निर्माण गरेर करोडौं अमेरिकी डलर आर्जन गरेको थियो । राष्ट्र संघको प्रतिवन्धले अब उसको त्यस्तो आर्जन रोकिने छ ।

आफ्ना शाषकहरु किम इल सुङ, किम जोङ इल र युद्धमा मारिएका सैनिकहरुको ठूला ठूला प्रतिमा निर्माण गरेर उत्तरले त्यो काममा संसारमा नाम कमाएको छ । राजधानी प्योङयाङसहित उत्तरका हरेक शहर र चोकहरुमा त्यस्ता विशाल प्रतिमाहरु रहेको तश्विर र भिडियोहरुमा देख्न सकिन्छ । त्यसैले त्यस्तै विशाल प्रतिमा निर्माण गरेर किर्ति राख्ने सोचेका सेनेगलका राष्ट्रपति अब्दुलिया वाडेले उत्तर कोरियनलाई कामको जिम्मा दिने निर्णय गरे ।

सेनेगलकै आर्किटेक्ट इन्जिनियर पियरे गौडियाबीले डिजाइन तयार पारेपछि यो कामको जिम्मा उत्तर कोरियन कम्पनि मन्सुडाय ओभरसिज प्रोजेक्टलाई दिइयो । राजधानी डाकार नजिकै क्वाकाम सुब्रबको जुम्ल्याहा पहाडमा यस्तो प्रतिमा निर्माण गर्ने योजना बनाइएको थियो । ११० मिटर अग्लो डाँडामा ४९ मिटर अग्लो प्रतिमा बनाउनु थियो ।

प्रतिमा राख्ने ठाउँ अर्थात डाँडा खार्न सन् २००६ मा सुरु गरियो । अनेक प्रवन्ध मिलाउँदा प्रतिमा निर्माण २००८ मा सुरु भयो ।  धातु (काश्य) निर्मित सो प्रतिमा निर्माण सन् २००९ मै सक्ने लक्ष राखिएपनि २०१० को सुरुवातमा मात्रै सम्पन्न भयो । श्रोतहरु, सो प्रतिमा निर्माणको ठेक्का उत्तर कोरियन कम्पनिले २७ मिलियन (दुई करोड सत्तरी लाख) अमेरिकी डलरमा पाएको बताउँछन् ।

जागेको अफ्रिकाको बिम्बको रुपमा एक पुरुष, महिला र बालक रहेको यो प्रतिमाको स्थापन अर्थात उद्घाटन् ४ अप्रिल २०१० मा अर्थात सेनेगल फ्रान्सबाट स्वतन्त्र भएको ५० वर्षको अवशरमा गरियो । सो समारोहमा यति भव्य थियो कि १९ अफ्रिकी राष्ट्र प्रमुखसहित अमेरिकी अधिकारवादी तथा राजनीतिज्ञ जेसे ज्याक्शन र संगीतकार अकोन उपस्थित थिए । यत्रो ठूलो र भव्य प्रतिमा अफ्रिकामा अहिलेसम्म बनेको छैन ।

अमेरिकासँग टक्करका कारण पछिल्लो पटक बेहोर्नुपरेको प्रतिवन्धले अफ्रिकालगायत संसारका धेरै ठाउँमा साना ठूला प्रतिमाहरु निर्माण गरिरहेको उत्तर कोरियालाई यस्ता कामहरुबाट आउने बैदेशिक मुद्राबाट वञ्चित गर्नेछ । तर, यस्ता विशाल कला निर्माण र दर्शन गर्ने मौका अरुले पनि गुमाउनेछन् । होइन र ?  

प्रतिकृया दिनुहोस