आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

चुनावी संहिता उल्लंघन नरोकेकोमा एमाले महासचिवको कडा चेतावनी

आठैप्रहर संवाददाता - |

तीन दिनदेखि महोत्तरीको बर्दिबासमा बसेर चुनावी प्रचार गरिरहेका नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले काँग्रेस र माओवादीले सत्ताको आडमा गरेका आचारसंहिता उलंघनलाई आँखाभरी हेरेर मुख फर्काउने स्थानीय प्रहरी प्रशासनको जनताले सुक्ष्म मुल्यांकन गरिरहेको बताएका छन् ।

पोखरेलले भने,  ‘हाकिम सा’बहरुलाई हामीले नुनको सोझो गरिरहेछौं भन्ने लाग्या होला’ सिरहातर्फ जानुअघि पोखरेलले बर्दिवासमा भने–, ‘आपूmले दिएको करबाट जागिर पकाइ रहेका उहाँहरुको सबै काम जनताले मुल्याङ्न गरिहेका छन् ।’

आज बिहान बर्दिबासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले मधेशका भूमिहिन सुकुम्वासीलाई सबभन्दा पहिले आफ्नो पार्टीको सरकारले जग्गा बितरण सुरु गरेको, स्थानीय तहलाई बलियो बनाउन आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रमअन्तर्गत सुरु गरिएको बजेट बिनियोजन, हुलाकी सडक निर्माण र मधेशका सदरमुकामहरुको पूर्वाधार बिकासका लागि गरेका प्रयत्न जनताले नै बताउन थालेपछि एमालेलाई मधेशबिरोधीको बिल्ला भिराउनेहरु हतास भएको उनको भनाई थियो । 

अहिले एमालेबिरुद्ध मोर्चाबन्दी गरेका दलहरुले उठाउने गरेका नागरिकताको मुद्दा पुङ् न पुच्छरको रहेको दावी गर्दै पोखरेल भने ‘अहिले एमालेबिरुद्ध मोर्चाबन्दी गरेका दलहरुलाई आपूmहरुले सरकारमा रहँदा केही गर्न नसकेको कुराले पिरोलेको देखिन्छ, एमालेले मधेशवादी दल नजन्मदै २०५१ सालमै मधेशका नागरिकताविहिन नेपालीलाई नागरिकता प्रमाणपत्र आयोग नै बनाएर वितरण गरेको यिनीहरुले बुझ पचाएपनि जनताको मनमा भने ताजै छ ।’     
                              

प्रतिकृया दिनुहोस