आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

एमाले नेताकी पत्नीले ५५ वर्षमा १२ पास गरिन्

आठैप्रहर संवाददाता - |

बिजय र झुमा

नेकपा एमालेका नेता बिजय सुब्बाकी पत्नी झुमा सुब्बा ५५ वर्षको उमेरमा १२ कक्षा दोश्रो श्रेणीमा उतिर्ण गरेकी छन् । सुब्बाले यो समाचार आज सामाजिक सञ्जाल फेसबुकमा खुसीसाथ किन राखे भने झुमाले ५० वर्ष पुगेपछि पढ्न थालेकी हुन् । ११ वर्ष हुँदा पाँच कक्षाभन्दा पढाई अघि नबढाएकी झुमाले बिबाहपछि पनि लाजका कारण पढाई अघि नबढाएको बिजयले लेखेका छन् । उनले यो समाचार सामाजिक सञ्जालमा राख्नुको कारण उल्लेख गर्दै लेखेका छन्, ‘उमेर र अन्य कारणले ज्ञान प्राप्त गर्न कोही पछि नबसौं भन्ने सन्देशका लागि मात्र ।’

‘२०४० सालमा हाम्रो बिबाह भयो, त्यसै बेला पढ भन्दा इन्जिनियरको बुढी भन्छन्, पछि ओभरसियरको, पछि माननीयको र अन्तमा नेताको बुढी भन्छन् भनेर उनले लजाएरै जिवन बिताइन्’ बिजयले लेखेका छन् । ५० वर्ष पुगेपछि पढ्न थालेकी झुमाले ५२ वर्षमा कक्षा ८, ५३ वर्षमा १० कक्षा पढेर दोश्रो श्रेणीमा एसएलसीससमेत पास गरेकी थिइन् । त्यसपछि उनले ५४ वर्षमा ११ र ५५ वर्षको उमेरमा कक्षा १२ पास गरिन् । 

झुमाको बि.एड. पढ्ने योजना रहेको जानकारी दिँदै बिजयले आफ्नो पत्नीले यो रुपमा अध्ययन अघि बढाउन सक्नुमा श्री उत्प्रेरणा महिला माद्यमिक विद्यालयको पनि योगदान रहेको उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस