आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

भारत अनौठोसँग पछि हट्यो, दोक्लमबाट भारतीय सेना हट्ने

अन्तराष्ट्रिय डेस्क - |

चीन र भारतबीच दोक्लममा केही महिनादेखि चलेको बिबाद समाधान हुनथालेको देखिदैछ । भारतले त्यहाँबाट सेना हटाउने भएपछि यस्तो देखिएको हो । यद्यापि, भारतले त्यहाँबाट दुवै मुलुकले सेना हटाउने सहमति भएको  दावी गरेको छ भने चीनले भारतीय सेना मात्रै त्यहाँबाट हट्ने बताएको छ । आज दिउँसो भारतीय संचारमाध्यमहरुले भारतीय विदेश मन्त्रालयको सूत्रको हवाला दिँदै दिएको समाचार अनुसार दोक्लमबाट दुवै देशले सेना बिस्तारै सेना हटाउने सहमति गरेको समाचार दिएका थिए । भारतीय विदेश मन्त्रालयको औपचारिक बिज्ञप्तीमा दुवै देशका सेना हटाउने प्रक्रिया सुरु भएको बताइएको थियो । त्यसमा हप्तौंदेखि कुटनीतिक छलफलमा भारतले आफ्नो चासो राखेको उल्लेख थियो । 

तर, चिनियाँ संचारमाध्यमहरुले बिदेश मन्त्रालयको हवाला दिँदै भारतीय सेना त्यहाँबाट हट्ने सहमति भएको समाचार दिए । जुन १८ देखि चीन र भुटानबीचको सीमा दोक्लाममा चीन र भारतका केही सय सेना आमनेसामने थिए । 

सेप्टेम्बर ३ मा ब्रिक्स देशको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाँदैछन् । यो बिबाद जारी रहँदा चीन, भारत, रुस, दक्षिण अफ्रिका र ब्राजिल रहेको यो समूहको शिखर सम्मेलनमा नकारात्मक अशर पर्ने बताइदै थियो । र, त्यही कारण चीन आफ्नो अडानबाट पछि हट्न वाध्य बनेको भारतीय संचारमाध्यक र रक्षा बिज्ञहरुले दावी गरेका थिए । भारतीय संचारमाध्यमहरुले भने चीनको  तर्फबाट दुवै सेना नभएर भारतीय सेना मात्रै त्यहाँबाट हट्ने बताउँदा पनि अझै दुवै सेना हट्ने सहमति भएको दावी गरिरहेका छन् । उनीहरुले यो सहमतिलाई भारतीय पक्षको जीत भनिरहेका छन् । 

त्यहाँको बिबाद चीनले त्यहाँ बाटो बनाउँदा भारतीय सेनाले रोकेको कारण आएको थियो । पछिल्लो सहमतिमा त्यहाँ चीनले बाटो बनाउने काम जारी राख्छ कि बन्द गर्छ भन्ने खुलेको छैन । चीनले त्यो क्षेत्र आफ्नो भएकाले त्यहाँबाट कुनै हालतमा सेना नहटाउने अडान लिएको थियो भने चीन र भुटानबीचको सीमामा भारत निहुँ खोजेर आएको बताएको थियो । 

प्रतिकृया दिनुहोस