आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

दोक्लम बिबाद समाधान भएको भारतीय दावी

अन्तराष्ट्रिय डेस्क - |

चीन र भारतबीच दोक्लममा केही महिनादेखि चलेको बिबाद समाधान भएको भारतीय संचारमाध्यमले दावी गरेका छन् । भारतीय टेलिभिजन आजतकले भारतीय विदेश मन्त्रालयको सूत्रको हवाला दिँदै दिएको समाचार अनुसार दोक्लमबाट दुवै देशले सेना बिस्तारै सेना हटाउनेछन् । भारतीय विदेश मन्त्रालयको औपचारिक बिज्ञप्तीमा पनि सेना हटाउने प्रक्रिया सुरु भइसकेको बताइएको छ । बिज्ञप्तीमा भारत र चीनबीच त्यस बिबादमा हप्तौंदेखि कुटनीतिक छलफल चलेको बताइएको छ । चीन र भुटानबीचको सीमा दोक्लाममा चीन र भारतका केही सय सेना आमनेसामने थिए । 

सेप्टेम्बर ३ मा ब्रिक्स देशको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाँदैछन् । यो बिबाद जारी रहँदा चीन, भारत, रुस, दक्षिण अफ्रिका र ब्राजिल रहेको यो समूहको शिखर सम्मेलनमा नकारात्मक अशर पर्ने बताइदै थियो । 

तर, निकै छोटो भारतीय विदेश मन्त्रालयको वक्तव्यमा कति सेना हटिसकेको तथा कहिलेसम्म त्यहाँबाट सेना हटिसक्ने बताइएको छैन । सो बिबाद चीनले त्यहाँ बाटो बनाउँदा भारतीय सेनाले रोकेको कारण आएको थियो । भारतीय समाचार संस्थाहरुले चीन त्यहाँ बाटो बनाउन सहमत भएको हो या होइन भन्ने पनि खुलाएका छैनन् । चीनले त्यहाँबाट कुनै हालतमा सेना नहटाउने अडान लिएकोमा भारतसँग चीन पनि सेना हटाउन तयार भएकोमा भारतको कुटनीतिक जित भएको भारतीय संचारमाध्यहरुले दावी गरेका छन् ।     

प्रतिकृया दिनुहोस