आज : Friday, October 20, 2017 | २०७४ कार्तिक ३ शुक्रबार

आज १३६ स्थानीय तहमै निर्वाचन आयोग कार्यालय खुल्दै

आठैप्रहर संवाददाता - |

असोज २ गते स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर २ का सबै १३६ वटा नगरपालिका र गाउँपालिकामा आज निर्वाचन कार्यालय खुल्दैछन् । 

निर्वाचन आयोगका अनुसार, प्रदेश नम्बर दुईका सबै जिल्ला सदरमुकाममा भदौ ७ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेको छ । २ नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ वटा गाउँपालिका छन् ।

पछि थपिएका९ वटा स्थानीय तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भैरहेको आयोगले बताएको छ । मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री जिल्लामा पुगिसकेको छ ।

निर्वाचन आयोगले यी तयारी गरिसकेको भएपनि केहीबाहेक अधिकांश राजनीतिक दलहरुले भने उमेदवाहरुको टुङ्गो अझै लगाइसकेका छैनन् । त्यसमाथि, भर्खरै आएको बाढिले पुर्याएको क्षतिका कारण राजनीतिक सरगर्मी बढ्न सकेको छैन । तर, राजनीतिक दलहरुले प्रचार अभियान भने सुरु गरिसकेका छन् ।  

प्रतिकृया दिनुहोस