आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

बीमालाई गाउँ–गाउँसम्म पु-याउनु चुनौतिपूर्ण–अध्यक्ष चापागाँइ

- आठैप्रहर संवाददाता |

बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जिवी चापागाँइले ग्रामीण भेगका नागरिकलाई बीमाको महत्व जानकारी गराउनु आफ्नो प्राथमिक कार्य हुने बताएका छन् ।

अध्यक्ष नियुक्त भएपछि आज समितिमा कार्याभार सम्हाल्दै उनले बीमा गरिसकेपछि क्षती भएमा समयमै दाबी भुक्तानी पाउँछु भन्ने धारणा आम नागरिकमा विकास गराउन सक्दा मात्रै बिमाका कार्यक्रम प्रभावकारी बन्ने धारणा राखे ।

आफ्नो पृष्ठभुमी बैङ्किङ क्षेत्र भएको र बैंक तथा वित्तीयसंस्थामा जस्तो बीमामा ऐन नियम सशक्त नरहेकोले समयानुकुल ऐन परिमार्जन पनि आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो । उनले भने ‘ म भरखरै आएकोको भएपनि त्यसबारे अध्ययन गरी आवश्यक पहल लिनेछु ।’ बीमाको नियामक निकाय भएकोले पनि समितिमा कार्यरत

कर्मचारी दक्ष हुनुपर्ने बताउँदै उनले कर्मचारीको आत्मबल र उत्पादकत्व बढाउन आफुले पहल लिने बताए ।

समितिले अहिले वाली बीमा, पशुबीमा लगायतका कार्यक्रम अघि बढाएकोमा नवनियुक्त अध्यक्ष चापागाँइले यसलाई अझ विस्तार र व्यापक बनाउँदै लगिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस