आज : Sunday, October 21, 2018 | २०७५ कार्तिक ४ आइतबार

चुनाव हार्नुमा ज्ञवालीले यस्ता कारण बताए 

आठैप्रहर संवाददाता - |

भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट उठेका उमेद्वार देवी ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वाेच्च अदालतले ढिलो फैशला गरेकाले पराजय भोग्नु परेको बताएका छन् ।

एमाले चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले मुद्दाको फैसला गर्न धेरै समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएको र त्यही कारण पराजय भोग्नु परेको बताए ।

वैशाख ३१ गते निर्वाचन भएकोमा जेठ १४ गते राति मतगणना हुँदाहुँदै मतपत्र च्यातिएकोमा त्यसको एक सातापछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो भने जेठ २१ गते सर्वाेच्चमा मुद्दा परेकोमा साउन १५ गते मात्र सर्वाेच्चले पुनः मतदान गराउने फैसला सुनाएको थियो । 

ज्ञवालीले भने, ‘यो अवधिमा सत्ताको आडमा विकासका नाममा करोडौँं रुपैयाँ रकमान्तर गरियो र झुट्टा विकासे आश्वासन जनतालाई दिइयो ।’ चितवन एमालेले भरतपुर महानगरमा १४७ पदमध्ये ७० पदमा विजयी भई एमाले पहिलो पार्टी बनेको बताए ।

प्रतिकृया दिनुहोस