आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

एमालेलाई भरतपुरका मतदाताले देवी ज्ञवालीलाई जिताउने विश्वास

आठैप्रहर संवाददाता - |

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने सर्वोच्च अदालतको हिजोको फैशला दुःखद् भएको बताएको छ । आज एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको स्थायी कमिटी बैठकले सर्वाेच्चको सो निर्णयले जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको मूल्याङ्कन गरेको एमाले प्रचार बिभागको प्रमुख योगेश भट्टराईले बताए । बैठकले भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिने विश्वास पनि गरेको छ ।

एमाले बैठकले केही जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार निम्न जिल्लामा निम्नअनुसार निर्णय गरेको बताइएको छ । जसअनुसार, ः 

दैलेख ः प्रमुख पे्रमबहादुर थापा, उपप्रमुख लक्ष्मी शाह, ताप्लेजुङ ः प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली, सिन्धुपाल्चोक ः प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, धादिङ ः प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दा दराम नेपाली, काठमाडौं ः प्रमुख शिव वैद्य, उपप्रमुख सरिता दाहाल, सिन्धुली ः उपप्रमुख शंकर बर्मा ।

प्रतिकृया दिनुहोस