आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

सबैभन्दा खतरनाक खेलमा क्रोमियलाई हराउँदै जोन्स बने च्याम्पियन

आठैप्रहर संवाददाता - |

मिक्स मार्सल आर्टको लाईट हेभिवेट तौलको बहुप्रतिक्षित प्रतिस्पर्धामा जन जोन्सले डेनियल क्रोमियलाई हराएर पुनः युएफसी च्याम्पियन बनेका छन् । पाँच मिनेका पाँच राउण्डको भर्खरै अमेरिकामा सम्पन्न सो प्रतिस्पर्धामा जोन्सले क्रोमियलाई तेश्रो राउण्डमा नक आउट गरे । किकको प्रहार गर्धनमा परेपछि सम्हालिन नसकेका क्रोमियलाई किक र पन्चको असंख्य प्रहार गर्दै जोन्सले कठिन प्रतिस्पर्धीलाई पराजित गरिछाडे । 

युएफसीको अहिलेका सबैभन्दा चर्चित प्रतिस्पर्धीबीचको सो भिडन्तमा जोन्सको किक कला निर्णायक सावित भयोे । पछार्ने र पन्च हान्ने कलामा दुवैलाई अब्बल मानिन्छ । त्यस्तोमा दुवैले एक एक पटक असफल पछार्ने प्रयास गरे । दुवैतर्फबाट सफल पन्चहरु प्रहार भए । तर, ३८ वर्षका र ५ फिट ११ इन्च अग्ला क्रोमियभन्दा ६ वर्ष कान्छा र ५ इन्च अग्ला जोन्स हाईकिकमा प्रभावशाली देखिए । पन्चमा क्रोमियले केही राम्रा अपरकट प्रहार गरे भने जोन्सले कुहिनाले राम्रा प्रहारहरु गरे । 

जोन्सको हाईकिकको प्रहारले क्रोमिय नढल्दासम्म दुवैबीच बराबरको प्रतिस्पर्धा थियो । तर, एक हाईकिकको प्रहारबाट सम्हालिन नसक्दा क्रोमियले च्याम्पियन उपाधी जोगाउन सकेनन् र युएफसीको इतिहासमै कान्छो च्याम्पियनको इतिहास बनाएका जोन्स पुन च्याम्पियन बने । 

कराँते, बक्सिङ, जुडो, कुस्ती सबै मिसिएको मिक्स मार्शल आर्ट अहिले युवा पुस्तामा लोकप्रिय खेल हो ।  

प्रतिकृया दिनुहोस