आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

निर्वाचन आयोगको पहलमा एमाले सन्तुष्ट

आठैप्रहर संवाददाता - |

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगले सकारात्मक पहल गरेकोमा एमालेले सन्तोष प्रकट गरेको छ । आज एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन दिँदै ‘यसलाई अझ कडाइका साथ निरन्तरता दिन’ माग गरे ।

ज्ञापनपत्रमा नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा पुनः जोड दिदै निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्न आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख छ । एमालेको ज्ञापनपत्रमा निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्न पनि माग गरिएको छ ।

प्रतिकृया दिनुहोस