आज : Friday, December 15, 2017 | २०७४ मङ्सिर २९ शुक्रबार

इटहरीमा जितेको एमालेको आजै बिजयर्याली

आठैप्रहर संवाददाता - |

पूर्वको महत्वपूर्ण व्यापारिक केन्द्र बन्दै आएको इटहरी उपमहानगरपालिकामा मतगणना सुरु भएको तीन दिनसम्म नेपाली कांग्रेस मेयर र उपमेयर दुवैमा अघि रहेकोमा त्यसपछि अग्रता लिएको नेकपा एमालेले दुवै पदमा जत हासिल गरेको छ । मत अग्रताले जित निश्चित भएका कारण परिणाम आज घोषणा भएपनि एमालेले बिजय जुलुुशको घोषणा भने हिजै राती गरेको थियो । जस अनुसार, एमालेबाट जितेका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूसहितको बिजय जुलुश आज बिहान ११ बजे गरिनेछ । एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जालमा हिजै राती प्रचार गरे अनुसार इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडीबाट आज बिजय जुलुश हुनेछ ।  

इटहरीको मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईंले १९ हजार ९८५ मत ल्याए । त्यसैगरी,  उपमेयरमा एमालेकी लक्ष्मी गौतमले २१ हजार ८ सय ४२ मत ल्याएर जित्दा प्रतिस्पर्धी कांग्रेसकै विमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत ल्याइन् । 

प्रतिकृया दिनुहोस