आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

आमदानीमा रोनाल्डोले मेसीलाई जिते 

आठैप्रहर संवाददाता - |

पोर्चुगल र रियल मेड्रिड स्टार क्रिस्चियानो रोनाल्डो यो वर्ष पनि सबैभन्दा बढि कमाउने खेलाडी बनेका छन् । धनीहरुबारे समाचार छाप्ने फोब्र्स म्यागेजिनका अनुसार, यो वर्ष ९३ मिलियन अमेरिकी डलर कमाएका रोनाल्डोले अघिल्लो वर्ष पनि खेलाडीमा सबैभन्दा बढि कमाएका थिए । 

रोनाल्डोपछि सबैभन्दा बढि आमदानी गरेका खेलाडीमा बास्केट बलका लेब्रोन जेम्स छन् । उनले गत १२ महिनामा ८६.२ मिलियन अमेरिकी डलर कमाएका छन् । फुटबलमा रोनाल्डोका प्रतिस्पर्धी मानिएका अर्जेन्टिना र बार्सिलोनाका स्टार लियोनेल मेसीको कमाई यो वर्ष ८० मिलियन अमेरिकी डलर रह्यो । उनी खेलाडीमा तेश्रो बढि कमाउनेमा परेका छन् । 

त्यसपछि चौथो र पाँचौ बढि कमाएका खेलाडीमा टेनिसका रोजर फेडरर र बास्केटबलका केभिन डुरान्ट छन् । 

बढि आमदानी गरेका खेलाडीमा ब्राजिली नेइमर १८ औं, ग्यारेथ बेल २४ औं र जाल्टन इब्राहिमोबिच ३० औंमा परेका छन् ।   

प्रतिकृया दिनुहोस