आज : Tuesday, November 21, 2017 | २०७४ मङ्सिर ५ मंगलबार

आज किराँत समुदायले उधौली पर्व मनाउँदै

आठैप्रहर संवाददाता |

फाईल तस्बिर ,गुगलबाट

खाद्यान्नको अभाव नहोस् भन्दै किराँत समुदायले आज उधौली पर्व मनाउँदैछन् ।
मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले भूमेस्थान र साकेलास्थानमा पूजा गरी यो  पर्व मनाउँदैछन् ।
किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्छन । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका  किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ ।
उधौली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । यस्तै नेवार समूदायले योमह्री पूर्णिमा मनाउँदैछन् । काठमाडौं उपत्यकाको नेवार समुदायमा ४ सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास रही आएको छ ।
जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ

प्रतिकृया दिनुहोस