प्रमुख समाचार

प्रमुख समाचार

एमाले अभियान सफल भयो कि असफल ?

,
‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ को मूल नारा बनाएर फागुन २१ गते झापा जिल्लाको काँकरभिट्टाबाट सुरु भएर चैत ३ गते कञ्चनपुरको महेन्द्रनगरमा सकिएको एमालेको मेची–महाकाली राष्ट्रिय अभियान सफल भयो कि असफल भयो भन्ने प्रश्न अहिले राजनीतिक क्षेत्रमा जारी छ । दुई नम्बर प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा... पूरा पढ्नुहोस् >

अजित डोभल : नेपाली राजनीतिमा पर्दा पछाडिका खतरनाक खेलाडि

,
नेपालबाट राजनीतिक तिर्थाटनका लागि भारत जाने हरेक नेताहरुको उद्देश्य हुन्छ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्ने । भारतमा प्रधानमन्त्री मोदीपछि सबैभन्दा शक्तिशाली मानिने डोभल अनुदार र आक्रामक विदेश नीतिका रचनाकार मानिन्छन् । नेपाललाई नाकावन्दी लगाउने मुख्य योजनाकार मानिएका डोभलले छिमेकी देश सबैलाई शत्रु ठान्ने र त्यही अनुसार व्यवहार गर्ने नीति लिएका छन् । उनको... पूरा पढ्नुहोस् >

चुनाव रोक्ने भारतीय सन्देशपछि दाहाल र देउवा दुवै अफ्ठ्यारोमा

,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले स्थानीय चुनाव नगर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई प्रष्टैसँग संकेत गरेका छन् । डोभलको सो संकेत कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष पनि आइपुगेको उच्च स्रोतहरुले दावी गरेका छन् । त्यसपछि देउवाले स्थानीय चुनाव सार्ने विषयमा आफ्ना निकटहरुसँग परामर्श गर्न थालेका छन् । सभापति देउवाले केही दिन अघि देखि नै चुनाव सार्नुपर्ने धारणा... पूरा पढ्नुहोस् >

मधेसी मोर्चाले राजविराजमा रक्सी र लठ्ठ पार्ने पदार्थ खुवाएर पठाएको बामदेवको...

,
नेकपा एमालेका पाध्यक्ष वामदेव गौतमले राजविराजमा भएको पार्टीको सभा विथोल्न रक्सी र अरु लठ्ठ पार्ने पदार्थ खुवाएर ससाना मानिसहरुलाई पठाइएको बताएका छन् । पार्टीको मेची महाकाली अभियान अन्तरगत आज कैलालीको धनगडीमा आयोजित सभालाई सम्वोधन गर्दै बामदेवले मधेसी दलहरुले आफैँ मानिस मराएर दोष आफूहरुलाई दिन खोजेको बताए । उनले त्यसो गरेर आफै बदनाम भइरहेको पनि उल्लेख गरे । नेपाललाई घुँडा टेकाउन... पूरा पढ्नुहोस् >

दिल्लीमा गएर बाबुरामले भने, ‘नेपालको संविधानको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा’

,
नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा संक्रमणकाल जारी रहेको तथा नयाँ रुपमा देखा परेका केही दीर्घकालीन समस्याहरुले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने बताएका छन् । भारतको नयाँ दिल्लीमा आज भएको ‘काउन्टर टेरोरिज्म कन्फ्रेन्स’ मा ‘बुलेट टु ब्यालेट’ विषयमा बोल्दै उनले सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा भएको बताए... पूरा पढ्नुहोस् >

टिकापुरमा झलनाथले भने, ‘टिकापुरमा रक्तपात मच्चाउनेले नै राजविराज घटना गराएका हुन्’

,
एमालेका वरिष्ठ नेता झलनाथ खनालले राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार भएको बताएका छन् । पार्टीको मेची महाकाली अभियान अन्तरगत आज कैलालीको टिकापुरमा आयोजित सभालाई सम्वोधन गर्दै खनालले शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको बताए । खनालले भने, ‘गत भदौमा टिकापुरमा रक्तपात मच्चाउने तत्वहरु पनि तिनै हुन् । यस्ताबाट सावधान रहनुपर्छ । टिकापुर... पूरा पढ्नुहोस् >

देव लिम्बूको चुनौती– मलाई होइन बाबुरामलाई कारवाही गर

,
नयाँ शक्ति पार्टीले देव लिम्बूसहित केही नेतालाई सामाजिक सञ्जालमा पार्टी नीतिविपरित लेखेको बोलेको भनेर स्पष्टिकरण सोधेकोमा आज लिम्बूले जवाफ दिएका छन् । प्रस्तुत छ, उनले पार्टीलाई बुझाएको स्पष्टिकरणः तानाशाही हिटलरी शासन अमान्य मेरो व्यक्तिगत सार्वभौमिकता प्रयोग गरेर फेसबुक, ट्विटर लगायतका सामाजिक संजालमा धारणा राख्न, फरक मत राख्न, प्रतिक्रिया र सुझाव दिन, लेख लेख्न, विज्ञप्ति दिन तथा अन्र्तवार्ता दिन म स्वतन्त्र छु... पूरा पढ्नुहोस् >

मधेसी मोर्चाले समर्थन फिर्ता लियो, केन्द्रीय निर्वाचन पहिले गर्न माग

,
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेमा दोमन गर्दै आएको मधेसी मोर्चाले अन्ततः सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज संसद बोल्दै मोर्चाका एक नेता महेन्द्र राय यादवले सरकारलाई मोर्चाले दिएको समर्थन फिर्ता लिने घोषणा गरे । समर्थन फिर्ता लिनुमा उनले आफूहरुसँग भएको सहमति सरकारले पालना नगरेको कारण देखाए । रायले स्थानीय तहको निर्वाचन रोकेर केन्द्रीय निर्वाचन हुनुपर्ने... पूरा पढ्नुहोस् >

लोडसेडिङमुक्त गरेकोमा प्रधानमन्त्री दाहाल सम्मानित

,
प्रधानन्त्री पुष्पकमल दाहाल चौविसै घण्टा विद्युत उपलब्ध गराएकोमा आज सम्मानित भएका छन् । उनलाई सिंहदरवार प्रधानमन्त्री कार्यालयमा आज औषधी विक्रेताहरुको संस्था ‘नेपाल औषधी विक्री प्रवन्धक संघ’ ले सम्मान गरेको हो । सम्मानित भएपछि प्रधानमन्त्रीले सरकारलाई अझ गम्भिर रुपले काम गर्न जिम्मेवारी दिएको चुनौतीका रुपमा आफूले लिएको बताए । ‘यो समग्र विकासलाई नयाँ गति दिने सुरुआत हो’ प्रधानमन्त्रीले भने ‘अझ... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू