प्रमुख समाचार

प्रमुख समाचार

फौजदारीमा २ वर्ष कैद परेकाले ६ वर्ष पार्टी सदस्यता नपाउने प्रस्ताव

,
आज उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संसदमा पेस गरेको राजनीतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा फौजदारी मुद्दामा २ वर्ष वा सो भन्दा बढीको कैद सजाय पाएका व्यक्तिलाई सजाय भोगेको ६ वर्ष नपुगी दलको सदस्यता नदिन प्रस्ताव गरिएको छ । उक्त विधेयकमा सरकारी कर्मचारी र शिक्षकलाई दलको सदस्यता दिन नपाइने, दलले सरकारी सहयोग लिन नपाउने तथा दलको... पूरा पढ्नुहोस् >

भारतले नेपाललाई ‘सफ्ट नाकावन्दी’ गर्ने खतरा

,
भारतले नेपाललाई ‘सफ्ट नाकावन्दी’ लगाउने खतरा रहेको भन्दै उच्च राजनीतिक वृत्तमा चिन्ता प्रकट गर्न थालिएको छ । पाकिस्तानसँगको बढ्दो तनाव र सामरिक मुठभेडको अवस्थालाई बहाना बनाएर भारतले सफ्ट नाकावन्दी गर्ने सम्भावना औंल्याइएको हो । नयाँ संविधान जारी भएपछि भारतले अघोषित नाकावन्दी गरेको थियो । अहिले सुरक्षा व्यवस्था सुदृढ गर्ने भन्दै भारतले आफ्ना सबै सीमामा कडाई गर्दै लगेको छ । यद्यपि... पूरा पढ्नुहोस् >

भारतको समर्थनमा विज्ञप्ति जारी गराउन दूतावास सक्रिय

,
भारतले थालेको ‘आतंकवाद विरुद्धको अभियान’मा साथ दिन नेपालका राजनीतिक पार्टीहरु भित्र काठमाडौंस्थित भारतीय राजदूतावासले लविङ थालेको छ । उच्च स्रोत अनुसार दूतावासले पाकिस्तानसँग अहिले भारतको चलिरहेको द्वन्द्वको सन्दर्भमा भारतको समर्थनमा पार्टीहरुलाई विज्ञप्ति जारी गराउन पहल गरिरहेको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतीय दूतावास सक्रिय भएपछि नेपालका केही पार्टीहरुले भारतको पक्षमा समर्थन जनाउने अभियान थालेका छन् । यसमा... पूरा पढ्नुहोस् >

दश वर्षपछि उपत्यका बाहिर साझा बस चल्यो

,
साझा यातायातले दश वर्षपछि आजदेखि उपत्यका बाहिर सेवा सुरु गरेको छ । दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी सेवा विस्तार गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताए । आज बिहान ८ बजे बाग्लुङ र गोरखाका लागि दुई दुई वटा साझा बस गन्तव्यतर्फ गएका छन् । पाण्डेका अनुसार दशैंअघि नै वीरगन्जमा साझाले सेवा सुरु गर्नेछ । विभिन्न... पूरा पढ्नुहोस् >

चाडपर्व परिमार्जन गर्नुपर्छ– संचारमन्त्री मन्त्री कार्की

,
सूचना तथा संचार मन्त्री राम कार्की (सुरेन्द्रकुमार कार्की) ले दशैंतिहार लगायत सबै चाडपर्व परिमार्जन तथा सुधार गर्नुपर्ने विचार राखेका छन् । ‘चाडपर्वका राम्रा नराम्रा दुवै पक्ष हुन्छन्, यसबाट विकृति हटाउँदै परिमार्जन गर्दै लानुपर्छ’ कार्कीले भने । आठै प्रहर डटकमले आज काठमाडौमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री कार्कीले नेपाली समाजलाई चाडवाडले जोड्ने काम गरेको बताए । उनले अनलाईन संचार माध्यमहरुलाई व्यवस्थित... पूरा पढ्नुहोस् >

प्रधानमन्त्रीले मुलुकलाई अस्थिरतामा लैजान खोजेको रामचन्द्रको आरोप

,
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई दिर्घकालीन राजनीतिक अस्थिरतामा लैजान खोजेको दावी गरेका छन् । दाहालले आफ्नो पार्टीले संसदीय व्यवस्था स्वीकार नगरेको भन्नु मलुकलाई अस्थिरतामा लैजाने षडयन्त्र भएको पौडेलले दावी गरे । ‘प्रधानमन्त्रीले संसदीय व्यवस्था स्वीकार गर्दिन भन्नुभएछ’, प्रेस युनियन काठमाडौंको शुभकामना कार्यक्रममा पौडेलले भने–‘उहाँहरुले संसदीय व्यवस्था स्वीकार्न सक्नुभएन, संसदीय व्यवस्थाको विकल्प दिन पनि सक्नुभएन । नेपालको... पूरा पढ्नुहोस् >

चीन – पाकिस्तानको बाटो अरब र हिन्दमा

,
फसीहमांगी, कराँची ‘मंगलग्रह जस्तै देखिन्न त यो ?’ पाकिस्तानी सेनाका एकजना लेफ्टिनेन्ट जनरलको भनाई हो यो । आँखै अन्धो बनाउने खालको घाम लागेको बलुचिस्तानको मरुभूमिमा सडक बन्दैछ । कामदारहरू फलामे छड काट्तैछन्, चट्टान फोड्दैछन् । ट्रकहरू धुलो उडाउँदै सामान ओसारपसार गर्दैछन् । सैनिक गाडीहरु पेट्रोलिङ गर्दैछन् । कतै सशस्त्र पृथकतावादीहरु र डाँकाहरू त छैनन् ?खोजबीन गर्दैछन् । तीमध्ये धेरैलाई केही... पूरा पढ्नुहोस् >

पाकिस्तान विरुद्ध भारतसँग यसरी उभियो नेपाल

,
सबैको चिन्ता र आशंकालाई सत्य सावित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार पाकिस्तानका विरुद्धमा भारतको साथमा उभिएको छ । सरकारका पछिल्ला गतिविधि र औपचारिक विज्ञप्तिले यस्तै देखाएको कूटनीतिक क्षेत्रको भनाई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक घोषणा नै गरेका थिए– ‘पाकिस्तानलाई कूटनीतिक रुपमा एक्ल्याउँछु ।’ पाकिस्तानलाई एक्ल्याउने भारतीय रणनीतिको असर नेपाल सरकारलाई परेको आफ्नो पूर्व विज्ञप्ति विरुद्ध नयाँ विज्ञप्ति निकाल्नुले... पूरा पढ्नुहोस् >

पच्चिस बुँदेबिरुद्ध बाबुराम धर्नामा

,
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको २५ बुँदे संयुक्त बिज्ञप्ती खारेज गर्न माग गर्दै आज नयाँ शक्ति पार्टीले काठमाडौंको भद्रकालीमा धर्ना दिएको छ । धर्नामा पार्टीका प्रमुख तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागि छन् । दाहाल र मोदीको सो बिज्ञप्ती दाहाल भारत भ्रमणमा रहेका बेला जारी भएको थियो । नयाँ शक्तिले बिज्ञप्तीका ७, १०, ११,... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू