प्रमुख समाचार

प्रमुख समाचार

चन्दलाई महानिरिक्षक नबनाउन सर्वाेच्चको अर्काे आदेश

,
सर्वाेच्च अदालतले हिजो सरकारले प्रहरी महानिरिक्षकमा नियुक्त गरेका जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापना नगराउन आदेश दिएको छ । आज प्रधानन्यायधिश सुशिला कार्कीको इजलाशले चन्दलाई पदस्थापन नगर्न नगराउन आदेश दिएको हो । आफूलाई महानिरिक्षक बनाउनु पर्ने माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वाेच्चले यस्तो आदेश दिएको हो । सर्वाेच्चको आजको फैशलामा चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय... पूरा पढ्नुहोस् >

प्रधानमन्त्री दाहालको चन्दलाई आरोप—दक्षिणपन्थी र बामपन्थी अतिवादीलाई सामन्तवाद र साम्राज्यवादले प्रयोग...

,
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको बताएका छन् । आज माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको २२ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै दाहालले भने ‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ । समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दायाँ वा बायाँ बाटो हिड्न खोज्छ... पूरा पढ्नुहोस् >

नयाँ शक्तिमा बाबुराम अप्ठेरोमा, महाधिवेशन गर्न देव लिम्बूको माग

,
नयाँ शक्ति पार्टीभित्र डा. बाबुराम भट्टराईलाई संगठित रुपमा चुनौती दिइन थालिएको छ । बाबुरामले लिएको भारत परस्त लाइनको विरोधमा उभिएका देव लिम्बू नेतृत्वको एक समितिले पार्टी महाधिवेशनको माग गरेर बाबुरामलाई अप्ठेरोमा पारिदिएको छ । नयाँ शक्तिको एक नम्बर सम्पर्क संयन्त्रको सचिवालय वैठकले औपचारिक निर्णय गरेर महाधिवेशनको माग गरेको छ । सो निर्णयको पुष्टि गर्दै संयन्त्र संयोजक लिम्बूले भने– ‘हो, हामीले... पूरा पढ्नुहोस् >

चन्दलाई महानिरक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

,
मन्त्रीपरिषदले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरिक्षक बनाउने निर्णय गरेको केही घण्टामै सर्वाेच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधिश सुशिला कार्कीको एकल इजलाशले आज चन्दलाई महानिरिक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । पूरा पढ्नुहोस् >

बाबुराम र ऋषि धमलालाई सांसद मनोनीत गर्ने प्रयास

,
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई सांसद पदमा मनोनीत गर्ने प्रयास तिब्र भएको छ । भट्टराईले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यो विषयमा छलफल गरेका थिए । मन्त्रिपरिषद्ले संविधानसभामा दुईजना सदस्य मनोनीत गर्न बाँकी थियो । मन्त्रिपरिषदले मनोनीत गर्ने व्यवस्था अन्तरिम संविधानमा रहे पनि यो संविधानमा छैन । वर्तमान संसद अघिल्लो संविधानसभाको निरन्तरता भन्दै मनोनीत गर्न सकिने दावी... पूरा पढ्नुहोस् >

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको निर्णय

,
सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको आज बिहान आकस्मिक रुपमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा चन्दको टुंगो लगाएको गृह मन्त्रालयको स्रातेले जनाएको हो । चन्द २५ औँ प्रहरी महानिरीक्षक हुन । गृह मन्त्रालयको उच्च श्रोतका अनुसार आइतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले चन्दलाई तत्काल महानिरीक्षक नबनाउन अन्तरिम आदेश दिनसक्ने... पूरा पढ्नुहोस् >

पुष्पलालको समयमा पनि भारतको चरित्र यस्तै थियो

,
भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत र नेपाल सम्वन्ध सही गोरेटो समात्न सकेको छैन । दुई छिमेकी देशहरुका बीच समझदारी तथा मित्रता बढ्नुको साटो जटिलताहरु थपिदै गएका छन् । १९४७ अघि भारत र नेपाली जनताबीचको सम्बन्ध सौहाद्रपूर्ण र क्रान्तिकारी उदेश्यमा आधारित थियो । नेपालले विशेषगरी १९४२ को आन्दोलन कालमा कैयौं क्रान्तिकारी भारतेलीहरुलाई आश्रय दिएको थियो । तीनमा श्री जयप्रकाश... पूरा पढ्नुहोस् >

दार्जिलिङमा ११० वर्ष आन्दोलन तर परिणाम शून्य

,
दार्जिलिङ पहाडले आफ्ना लागि छुट्टै प्रशासनिक व्यवस्थाको माग सन् २००७ देखि गर्न थालेको हो । सन् १९८० देखि गोर्खाल्याण्डको माग गरेका दार्जिलिङ पहाडवासीको आन्दोलनले ठिक बाटो पक्डिन नसकेर लडखडाउँदा २००७ देखि क्षेत्रीय स्वशासनको मागमा अड्किन पुगेको हो । जे भएपनि ऐतिहासिक, जातीय, भाषिक, सांस्कृतिक, सामाजिक, आर्थिक र नैतिक रूपमा पश्चिाम बंगालका अन्य जातिहरूभन्दा आफूलाई भिन्न ठान्ने दार्जिलिङ पहाडवासीले त्यसपछि... पूरा पढ्नुहोस् >

दाहालले चुनाव घोषणा गर्न नमान्नुको कारण यो पनि

,
प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय चुनाव घोषणा नगर्नका लागि अनेक बहानावाजी गरिरहेका छन् । चुनाव घोषणा गर्न उनले नमान्नुका पछाडि अनेक कारण भए पनि एउटा मुख्य कारण चाहिँ वार्षिक वजेट भएको बुझिन्छ । माओवादी केन्द्र सम्वद्ध स्रोत भन्छ पनि – ‘कुनै हालतमा जेठभित्र चुनाव गरिने छैन ।’ किन त ? जानकारहरुका अनुसार दाहालले चुनाव घोषणामा ढिलाई गर्दै जानुका पछाडि मुख्य कारण... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू