विहानी छापाबाट

विहानी छापाबाट

करोडौं भिसा शुल्क मिनाहा तयारी

,

सीमांकनबिना संशोधन असम्भवः मोर्चा

,
मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने ’बटमलाइन’ प्रस्तुत गरेको छ । मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन् । सीमांकनबिनाको संविधान संशोधनमा सहमत हुन नसक्ने बताउँदै उनीहरूले सत्ता पक्षको दाबीमा कुनै सत्यता नभएको दाबी गरे । पहिलो मधेस आन्दोलन, गत नौ... पूरा पढ्नुहोस् >

यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि, कार्यपालिकाभन्दा व्यवस्थापिका ठूलो

,
आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय ‘कार्यपालिका’ सानो र‘व्यवस्थापिका’ ठूलो आकारको हुने भएको छ ।स्थानीय तहको कार्यकारिणी अधिकार भने गाउँपालिकाको हकमा गाउँ कार्यपालिका र नगरपालिकाको हकमा नगर कार्यपालिकामा निहित रहनेछ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्पmत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वा्चित हुनेछन् । दुवै पदाधिकारी गाउँ कार्यपालिका र गाउँ सभा (व्यवस्थापिका) का अध्यक्ष र उपाध्यक्ष रहनेछन् । गाउँ कार्यपालिकामा अध्यक्ष... पूरा पढ्नुहोस् >

देउवाको आलोचनामा पौडेल पक्ष उत्रने

,
लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ । कोइराला परिवारबाट देउवाले... पूरा पढ्नुहोस् >

स्थानीय बजेट ह्वात्तै बढ्ने

,
अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको थियो । कतिसम्म भने संविधानले अधिकारजति स्थानीय... पूरा पढ्नुहोस् >

मिर्गौलाका बिरामीले औषधि किन्नै सक्दैनन

,
भक्तपुर सल्लाघारीकी सुनीता महर्जनको दुवै मिर्गौलाले काम गर्दैन । गत २ वर्षदेखि उनलाई साताको २ पटक डायलोसिस गर्नुपर्छ । ‘गहना बेचें, जग्गा बेचें, ऋणमा डुबें,’ उनले भनिन्, ‘अब गर्न केही बाँकी छैन, कसरी जुटाउनु उपचार खर्च ।’ ४५ वर्षीया महर्जन उपचार गराउँदा गराउँदै थाकेको बताउँछिन् । विपन्न परिवारकी उनलाई उपचारका लागि अहिले मासिक २५ हजार रुपैयाँ खर्च लाग्छ ।... पूरा पढ्नुहोस् >

स्वर्गद्धारी दुर्घटनाः घरै रित्तियो

,
तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो ।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो ।... पूरा पढ्नुहोस् >

देश कसले चलाएको छ ?

,
देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए । कार्यबाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा स्कटिङ सहितको सुविधा दिइन्छ । प्रधानमन्त्री विदेश भ्रमण... पूरा पढ्नुहोस् >

राष्ट्रपति भण्डारी वैशाख ४ मा भारत जाने

,
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ... पूरा पढ्नुहोस् >

आन्तरिक समस्या समाधान गर्न नेपाल सक्षमः चीन

,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग हाइनान प्रान्तको बोआओमा भेटवार्ता गरेका छन् । प्रचण्डसँग झाङले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर आन्तरिक समस्या समाधान गर्न सक्षम रहेको बताएका छन् । ‘नेपाल संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै उहाँ (चीनका उपप्रधानमन्त्री)ले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गर्नुभयो,’ भेटवार्तापछि... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू