राजनीति

राजनीति

योगी आदित्यनाथको नियुक्तिः धार्मिक कटुता नेपाल पनि पस्न सक्छ

,
अजय सिंह नेगी, अर्थात योगी आदित्यनाथ भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको मुख्य मन्त्रीमा आज सपथ लिदैछन् । सन् १९९८ देखि पाँच पटक गोरखपुरबाट लोकसभा सदस्य बनेका तथा पूर्वी उत्तरप्रदेशमा भारतीय जनता पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका यी योगी मुख्यमन्त्री बन्नुले भारतीय राजनीतिलाई त धार्मिक ध्रुविकरणतर्फ अरु अघि बढाउने नै छ, नेपाललाई समेत कुनै न कुनैरुपमा प्रभावित पार्ने देखिन्छ... पूरा पढ्नुहोस् >

नयाँ शक्तिमा बाबुराम विरोधीलाई कारवाही थालियो

,
नयाँ शक्ति पार्टीले आफ्ना संयोजक डा. बाबुराम भट्टराईको विचारको विरोध गर्नेहरुलाई कारवाही अभियान थालेको छ । पार्टी स्रोत अनुसार विभिन्न जिल्ला तथा तल्लो निकायहरुबाट कारवाही थालिएको छ । यस क्रममा चितवन, दाङ, डोटी, झापा, पाँचथर, भक्तपुर, ओखलढुंगा, काठमाडौं लगायतका जिल्लामा बाबुराम विरोधीहरुलाई कारवाही थालिएको हो । नयाँ शक्तिले आफ्ना संयोजक बाबुरामको विचारको समर्थन गर्न, उनी सहितका नेताहरुको फेसबुक ट्विटर तथा... पूरा पढ्नुहोस् >

एमाले अभियान सफल भयो कि असफल ?

,
‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान ः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ को मूल नारा बनाएर फागुन २१ गते झापा जिल्लाको काँकरभिट्टाबाट सुरु भएर चैत ३ गते कञ्चनपुरको महेन्द्रनगरमा सकिएको एमालेको मेची–महाकाली राष्ट्रिय अभियान सफल भयो कि असफल भयो भन्ने प्रश्न अहिले राजनीतिक क्षेत्रमा जारी छ । दुई नम्बर प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा... पूरा पढ्नुहोस् >

अजित डोभल : नेपाली राजनीतिमा पर्दा पछाडिका खतरनाक खेलाडि

,
नेपालबाट राजनीतिक तिर्थाटनका लागि भारत जाने हरेक नेताहरुको उद्देश्य हुन्छ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्ने । भारतमा प्रधानमन्त्री मोदीपछि सबैभन्दा शक्तिशाली मानिने डोभल अनुदार र आक्रामक विदेश नीतिका रचनाकार मानिन्छन् । नेपाललाई नाकावन्दी लगाउने मुख्य योजनाकार मानिएका डोभलले छिमेकी देश सबैलाई शत्रु ठान्ने र त्यही अनुसार व्यवहार गर्ने नीति लिएका छन् । उनको... पूरा पढ्नुहोस् >

चुनाव रोक्ने भारतीय सन्देशपछि दाहाल र देउवा दुवै अफ्ठ्यारोमा

,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले स्थानीय चुनाव नगर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई प्रष्टैसँग संकेत गरेका छन् । डोभलको सो संकेत कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष पनि आइपुगेको उच्च स्रोतहरुले दावी गरेका छन् । त्यसपछि देउवाले स्थानीय चुनाव सार्ने विषयमा आफ्ना निकटहरुसँग परामर्श गर्न थालेका छन् । सभापति देउवाले केही दिन अघि देखि नै चुनाव सार्नुपर्ने धारणा... पूरा पढ्नुहोस् >

मधेसी मोर्चाले राजविराजमा रक्सी र लठ्ठ पार्ने पदार्थ खुवाएर पठाएको बामदेवको...

,
नेकपा एमालेका पाध्यक्ष वामदेव गौतमले राजविराजमा भएको पार्टीको सभा विथोल्न रक्सी र अरु लठ्ठ पार्ने पदार्थ खुवाएर ससाना मानिसहरुलाई पठाइएको बताएका छन् । पार्टीको मेची महाकाली अभियान अन्तरगत आज कैलालीको धनगडीमा आयोजित सभालाई सम्वोधन गर्दै बामदेवले मधेसी दलहरुले आफैँ मानिस मराएर दोष आफूहरुलाई दिन खोजेको बताए । उनले त्यसो गरेर आफै बदनाम भइरहेको पनि उल्लेख गरे । नेपाललाई घुँडा टेकाउन... पूरा पढ्नुहोस् >

दिल्लीमा गएर बाबुरामले भने, ‘नेपालको संविधानको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा’

,
नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा संक्रमणकाल जारी रहेको तथा नयाँ रुपमा देखा परेका केही दीर्घकालीन समस्याहरुले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने बताएका छन् । भारतको नयाँ दिल्लीमा आज भएको ‘काउन्टर टेरोरिज्म कन्फ्रेन्स’ मा ‘बुलेट टु ब्यालेट’ विषयमा बोल्दै उनले सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा भएको बताए... पूरा पढ्नुहोस् >

टिकापुरमा झलनाथले भने, ‘टिकापुरमा रक्तपात मच्चाउनेले नै राजविराज घटना गराएका हुन्’

,
एमालेका वरिष्ठ नेता झलनाथ खनालले राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार भएको बताएका छन् । पार्टीको मेची महाकाली अभियान अन्तरगत आज कैलालीको टिकापुरमा आयोजित सभालाई सम्वोधन गर्दै खनालले शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको बताए । खनालले भने, ‘गत भदौमा टिकापुरमा रक्तपात मच्चाउने तत्वहरु पनि तिनै हुन् । यस्ताबाट सावधान रहनुपर्छ । टिकापुर... पूरा पढ्नुहोस् >

देव लिम्बूको चुनौती– मलाई होइन बाबुरामलाई कारवाही गर

,
नयाँ शक्ति पार्टीले देव लिम्बूसहित केही नेतालाई सामाजिक सञ्जालमा पार्टी नीतिविपरित लेखेको बोलेको भनेर स्पष्टिकरण सोधेकोमा आज लिम्बूले जवाफ दिएका छन् । प्रस्तुत छ, उनले पार्टीलाई बुझाएको स्पष्टिकरणः तानाशाही हिटलरी शासन अमान्य मेरो व्यक्तिगत सार्वभौमिकता प्रयोग गरेर फेसबुक, ट्विटर लगायतका सामाजिक संजालमा धारणा राख्न, फरक मत राख्न, प्रतिक्रिया र सुझाव दिन, लेख लेख्न, विज्ञप्ति दिन तथा अन्र्तवार्ता दिन म स्वतन्त्र छु... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू