राजनीति

राजनीति

बिजुक्छे भन्छन् —यो सरकारले निर्वाचन गराउँदैन

,
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताए । रफत सञ्चार क्लवमा आज बोल्दै बिजुक्छेंले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि निर्वाचन गर्न नसक्ने दावी गरे । उनले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए । स्थायिन तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी लागेको बताउँदै... पूरा पढ्नुहोस् >

गगन थापाले भने—निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुन्छ

,
स्वास्थ्यन्त्री गगन थापाले वर्तमान सरकार निर्वाचन गर्न बनेकाले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा थापाले सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्ने बताए । मधेसी दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै थापाले संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान मधेसी दलहरुलाई... पूरा पढ्नुहोस् >

देउवा विरुद्ध उत्रियो कोइराला परिवार

,
कांग्रेस महामन्त्री डा. शशांक कोइराला पहिलो पटक पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध उत्रिएका छन् । कोइराला निकट स्रोत भन्छ– शशांक अब पूरै देउवा विरोधी अभियान चलाउने पक्षमा छन् । शनिबार शशांकको निवासमा रामचन्द्र खेमाको भेला भएको थियो । नाम ‘रामचन्द्र खेमा’ भनिए पनि यो गुटका असली हर्ताकर्ता शशांक नै भएको बताइन्छ । देउवाले शशांकलाई च्यापेर रामचन्द्रलाई एक्ल्याउने रणनीति अपनाउँदै आएका... पूरा पढ्नुहोस् >

कांग्रेस र माओवादी सांसदकै संशोधन प्रस्ताव दर्ता

,
सत्तारुढ दलहरुकै सभासदहरुले संविधान संशोधन विधेयकमा संशोधन राख्दै सीमाना संशोधन गर्दा संघीय संसद र सम्बन्धित प्रदेशको सभाको सहमतिले मात्र गर्न पाउने वाक्यांश राख्न माग गरेका छन् । सरकारले संसदमा दर्ता गरेको विधेयकमा ५ नम्बर प्रदेशलाई छुट्याउने प्रस्ताव छ । सत्तारुढ दलहरुको सो संशोधन प्रस्तावले सरकारले संसदमा लगेको विधेयकलाई काट्छ । यो संयुक्त प्रस्तावमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका धनराज... पूरा पढ्नुहोस् >

बाबुरामलाई प्रधानमन्त्री बनाउन नयाँ शक्तिबाट सर्वपक्षीय सरकारको माग ?

,
स्थानीय निकाय चुनाव सरकारले बैशाख ३१ गतेका लागि तोकेपछि मुलुक निर्वाचनको पक्ष र बिपक्षमा बाँढिएको छ । निर्वाचनको पक्षमा रहेकाहरुमा पनि सत्तारुढ दलहरु संविधान संशोधन पारित गर्ने पक्षमा छन् भने नेकपा एमालेसहित प्रतिपक्ष दलहरु संविधान संशोधनलाई असफल पार्ने पक्षमा छन् । मधेसी मोर्चामा संलग्न र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निर्वाचनका लागि संविधान संशोधनसहित अरु शर्तहरु सरकारले मान्नुपर्ने... पूरा पढ्नुहोस् >

स्थानीय निर्वाचन कसैले रोक्न सक्दैन—ओली

,
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले चुनाव गर्न नचाहेकोमा एमालेको दबाबमा निर्वाचनको मिति तोक्न बाध्य भएको बताएका छन् । आज सहिद ऋषिराज देवकोटा आजादको ३६ औं स्मृति दिवशको अवशरमा एमाले सिन्धुलीको प्रथम जिल्ला परिषदको उद्घाटन गर्दै ओलीले एमालेको दबाबमा चुनावको मिति घोषणा भएकाले एमालेकै दबाब र सक्रियतामा निर्वाचन पनि भएरै छोड्ने बताए । ओलीले बैशाखमा स्थानीय तह... पूरा पढ्नुहोस् >

बाबुराम—उपेन्द्रको वक्तव्यविरुद्ध नयाँ शक्तिमा विद्रोह

,
नयाँ शक्ति पार्टीका ९ जना केन्द्रीय तहका नेताहरुले नयाँ शक्ति र संघीय समाजवादी फोरमले आज निकालेको स्थानीय चुनावविरोधी वक्तव्यको विरोध गरेका छन् । उनीहरुले बाबुराम भट्टराई र उपेन्द्र यादवले निकालेको संयुक्त वक्तव्यबारे नयाँ शक्ति पार्टीमा छलफल नगरिएको पनि बताएका छन् । उनीहरुको वक्तव्यमा भनिएको छ, ‘१९ वर्षपछि संविधान बमोजिम हुन लागेको स्थानीय तहको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भइसकेको र... पूरा पढ्नुहोस् >

बाबुरामको नयाँ शक्ति पनि मोर्चाको आन्दोलनमा सहभागि हुने

,
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले आज संयुक्त बिज्ञप्ती प्रकाशित गर्दै संघीय गठवन्धन र संयुक्त मधेसी मोर्चाले गरिरहेको आन्दोलनलाई समर्थन गरेका छन् । सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने निर्णय गरेबिरुद्ध आन्दोलन सुरु गरेका गठवन्धन र मोर्चाको आन्दोलनलाई सहयोग गर्न अरु राजनीतिक शक्तिहरुलाई समेत उनीहरुले आह्वान गरेका छन् । संघीय समाजवादी फोरम गठवन्धन र मोर्चामा छ भने... पूरा पढ्नुहोस् >

लाहानमा मधेसी मोर्चा नेताहरुको पुत्लादहन

,
बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने सरकारको निर्णयको बिरुद्ध मधेसी मोर्चाले गरेको बन्द र बिरोधको बिरुद्ध आज रैथाने एकता परिषदले सिराहाको लाहानमा विरोधसभा र मोर्चाका नेताहरुको पुत्ला दहन गरेको छ । लाहान चोकमा भर्खरै परिषदका नेताहरु मनिष चौधरी र बिजय थापाको नेतृत्वमा कार्यकर्ताहरुले मोर्चाका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव र महन्थ ठाकुरको पुत्ला जलाएका हुन् । एक महिना अघि लाहानमै... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू