मनोरञ्जन

मनोरञ्जन

जुडोकी फुपुल्हामुले रियो ओलम्पिकमा खेल्ने पक्का

,

मेसीको दारी र रोनाल्डोको सेल्फी

,
अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्चियानो रोनाल्डो यो दशकमै विश्व फुटबलमा छाएका दुई अलग चरित्रका खेलाडी हुन् । दुवै खेलाडी विश्वकै चर्चित तथा प्रतिस्पर्धी क्लव वार्सिलोना र रियल म्याडिडबाट खेल्ने गर्छन् । बार्सिलोनाबाट खेल्ने लियोनेल मेसीले ५ पटक र रियल म्याडिडका क्रिस्चियानोले ३ पटक बेलोन ए डायर (विश्व वर्ष खेलाडी) जितिसकेका छन् । प्रायः खेल दर्शक तथा मीडियाकर्मी माझ... पूरा पढ्नुहोस् >

मधेश आन्दोलनपछि जुरमुराउदै मैथिली सिनेमा

,
मैथिली सिनेमाका पुराना निर्देशक तथा अभिनेता बीरेन्द्र कविरपन्थी मधेश आन्दोलनपछि मैथिली फिल्मको गतिविधी ह्वात्तै बढेको बताउँदै भन्छन्, आनदोलनको बेला सबै अस्तव्यस्त भएकाले फिल्मको छाँयाङ्कन हुन सकेन । त्यसो हुँदा कतिपय कलाकारहरु पलायन नै हुनु प-यो । सात महिनाभन्दा बढि चलेको मधेश आन्दोलनताका झण्डै मृत्यु सैयामा पुगेको मैथिली सिने क्षेत्र अहिले फेरी जुरमुराउन थालेको छ । सप्तरीमा भर्खरै ‘श्री शम्भुनाथ बाबा’... पूरा पढ्नुहोस् >

उद्घाटन खेलमा रोमानियामाथि फ्रान्सको जीत

,
स्टेड डे फ्रान्स । युरो २०१६ को उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले पराजित गरेको छ । ओलिभर गिरोडले ५७ औं मिनेटमा आकर्षक हेड गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि त्यसको ठीक आठ मिनेटमा नै रोमानियाले पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्यायो । खेल बराबरी सकिने लक्षण देखिँदै गर्दा ८९ औं मिनेटमा फ्रान्सका मिडफिल्डर पेयटले आकर्षक गोल गर्दै २–१... पूरा पढ्नुहोस् >

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना कोपा क्वाटरमा

,
विश्व खेलाडी लियोनेल मेस्सी ६० औं मिनेटमा मैदानमा प्रवेश गरी गरेको ह्याट्रिकसँगै अर्जेन्टिनाले पनामालाई ५–० को फराकिलो अन्तरले पराजित गरी कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसअघि एन्जेल डि मारियाको सटिक फ्रिकिकमा अर्जेन्टिनी डिफेन्डर ओटमेन्डीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै अग्रता दिलाएका थिए । ६० औं मिनेटमा मैदानमा प्रवेश गरेका मेस्सीले ३ गोल गर्दै अन्तिम १ गोलको अवसर समेत... पूरा पढ्नुहोस् >

भोलिदेखि युरोकप शुरु हुँदै

,
युरोपियन मुलुकहरुबीच हुने शिर्षस्थ फुटबल प्रतियोगिता युरोकप शनिबारदेखि फ्रान्समा शुरु हुँदैछ । २४ टिमबीच हुने फाइनल प्रतियोगिताको पहिलो खेल आयोजक देश फ्रान्स र रोमानियाँबीच हुनेछ । ६ समूहमा विभाजित समूहबीच हुने समूह चरणका खेलबाट छनौट हुने उत्कृष्ट १६ टिमबीच प्रिक्वार्टर फाइनल खेलहरु हुनेछन् । क्रिस्चियानो रोनाल्डोको पोर्चुगल, जर्मनी, स्पेन तथा आयोजक देश फ्रान्सलाई प्रतियोगिताका उत्कृष्ट टिम मानिएका छन् र उपाधि... पूरा पढ्नुहोस् >

मेक्सिको क्वाटरमा उरुग्वे प्रतियोगिता बाहिर

,
अमेरिकामा भइरहेको कोपा अमेरिका फुटबल प्रतियोगितामा मेक्सिकोले जमैकालाई २–० गोलले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जाभियर हर्नान्डेज र ओ परेल्टाको गोलमा जमैकालाई पराजित गर्नुअघि खेलको ६५ औं मिनेटमा जमैकालाई पेनाल्टी दिनबाट रेफरी चुकेका थिए । स्पष्ट पेनाल्टी अवसरबाट विमुख भए पनि जमैकाले मेक्सिको विरुद्ध अन्तिमसम्म प्रभावशाली खेल प्रदर्शन गर्दै गोलका अवसरहरु सिर्जना गरेको थियो । तर मेक्सिकोको... पूरा पढ्नुहोस् >
video

‘लुकामारी’ १ लाख ४२ हजार जनाले हेरे

,
श्रीराम दाहाल निर्देशित फिल्म लुकामारीको ट्रेलर युट्युबमा जेठ १७ गतेसम्म एक लाख ४२ हजार जनाले हेरेका छन् । अपराध मनोबिज्ञानलाई हास्यरसमा प्रस्तुत गरिएको लुकामारी असार १० गतेबाट देशभरीको हलमा प्रदर्शन हुदैछ । सौगात मल्ल, कर्मा, बिक्रम सिंह थारुलाई फरक गेटअपमा प्रस्तुत गरिएको लुकामारी सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । रंगमञ्चबाट फिल्ममा आएका निर्देशक दाहाल यसअघि बुह्रान नामको फरक... पूरा पढ्नुहोस् >

राष्ट्रपति रनिङ शिल्ड सुरु

,
नेपालगन्ज, १६ जेठ । क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने यो प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, फुटबल र क्रिकेट प्रतियोगितामा १५ जिल्लाका एक हजार ११० खेलाडीले ९४ स्वर्ण, ९४ रजत र ११४ काश्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पाले उद्घाटन... पूरा पढ्नुहोस् >

बार्सिलोनालाई कोपा डेल रे कपको उपाधि

,
१० जेठ, काठमाडौं । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । साथै उसले यो सिजन स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुबै जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोलको मदतमा सेभियालाई... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू