नेपाल

नेपाल

बराइली आठैप्रहर छाडेर रैथानेमा

,

आज महाशिवरात्री, पशुपतिनाथ बिहानैदेखि नै खुला

,
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । भक्तजनले पूजा एवम दर्शन गरी शिवरात्री मनाउँदै छन् । महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् । दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका... पूरा पढ्नुहोस् >

चन्दलाई महानिरिक्षक नबनाउन सर्वाेच्चको अर्काे आदेश

,
सर्वाेच्च अदालतले हिजो सरकारले प्रहरी महानिरिक्षकमा नियुक्त गरेका जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापना नगराउन आदेश दिएको छ । आज प्रधानन्यायधिश सुशिला कार्कीको इजलाशले चन्दलाई पदस्थापन नगर्न नगराउन आदेश दिएको हो । आफूलाई महानिरिक्षक बनाउनु पर्ने माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वाेच्चले यस्तो आदेश दिएको हो । सर्वाेच्चको आजको फैशलामा चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय... पूरा पढ्नुहोस् >

चन्दलाई महानिरक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

,
मन्त्रीपरिषदले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरिक्षक बनाउने निर्णय गरेको केही घण्टामै सर्वाेच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधिश सुशिला कार्कीको एकल इजलाशले आज चन्दलाई महानिरिक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । पूरा पढ्नुहोस् >

बिहानै मन्त्रीपरिषद बैठक बस्दै, चन्द नै महानिरीक्षक हुने पक्का

,
नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको बैठक आज बिहान बस्दैछ । दिउँसो ४ बजे बैठक बस्ने तय भएपनि मन्त्रीपरिषदको बैठक आकस्मिक रुपमा बिहान ९ बजे नै बस्न लागेको गृह मन्त्रालयको स्रातेले जनाएको छ  । सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गर्ने भएपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन परेपछि मन्त्रीपरिषदको बैठक बिहानै बसेर प्रहरी महानिरीक्षकको... पूरा पढ्नुहोस् >

पेन्सन वितरणको आवरणमा फैलँदो भारतीय रक्षा सञ्जाल

,
१२ नोभेम्बर २०१६ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय–पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुपरयो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा सामान्य... पूरा पढ्नुहोस् >

तेरियालाई गृह जिल्लामा सम्मान

,
भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी तेरिया फौजामगरलाई मंगलबार गृह जिल्लामा भव्य स्वागत तथा सम्मान गरिएको छ । तेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी तेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण... पूरा पढ्नुहोस् >

माटो परीक्षणपछि मात्रै अब रानीपोखरीमा काम गरिने

,
रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ । रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा... पूरा पढ्नुहोस् >

सुदूरपश्चिममा भूकम्पको धक्का

,
भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको छ । बैतडीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महशुस भएको हो । उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताए । सोमबार राति राती १० बजेर ४९ मिनेटमा उत्तराखण्ड केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यही भूकम्पको धक्का सुदूरपश्चिमका जिल्लामा पनि... पूरा पढ्नुहोस् >

सरकारले आयोगलाई आज पत्र पठाउँदै

,
स्थानीय चुनावको तयारी गर्न सरकारले आज निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । हिजोको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले आज आयोगलाई पत्राचार गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले वैशाख अन्तिम हप्तादेखि जेठ १० गतेभित्र स्थानीय चुनाव सक्ने गरी तयारी थान निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । चुनावको लागि आवश्यक विधेयक संसदबाट पारित भएपछि चुनावको तयारीका लागि बाटो... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू