नेपाल

नेपाल

आजदेखि २८ देशका सेनाको संयुक्त सैन्य अभ्यास

,
काभ्रेको पाँचखालमा आजदेखि नेपालसहित २८ देशका सेनाको संयुक्त अभ्यास सुरु हूँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा खटिने सेनाबिच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले अभ्यास आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार  पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त... पूरा पढ्नुहोस् >

मतपत्र छापिंदैः पहिलोमा रुख, दोस्रोमा सूर्य

,
स्थानीय चुनावको लागि अर्को हप्तादेखि मतपत्र छपाईको काम सुरु हुने भएको छ । वैशाख ३१ गते हुने चुनावको लागि शनिबारदेखि नै छाप्ने योजना भएपनि आवश्यक तयारी नपुगेकाले आइतबार अथवा सोमबारदेखि मतपत्र छपाईको काम सुरु हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ऐनले तोकेको मर्यादाक्रम अनुसार मतपत्रमा चुनाव चिन्ह राखिनेछ । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा... पूरा पढ्नुहोस् >

आजदेखि एसइइ परीक्षा सुरु

,
यसवर्षको माध्यमिक शिक्षा परीक्षा आजदेखि सुरु भएको छ । परिक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार माध्यमिक... पूरा पढ्नुहोस् >

अलपत्रमा म्याग्दीको नुन खानी

,
म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानीमा अझैपनि केही प्रगती गर्न सकिएको छैन् ।  अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि नुन खानीको काम अलपत्र परेको हो । विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो । बिरे नुनको गन्ध आउने झण्डै ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र... पूरा पढ्नुहोस् >

तराईमा आज होली मनाईंदै

,
तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाईंदैछ । फागु अर्थात होली पर्वको अवसरमा एक–आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लाहरुमा सरकारले... पूरा पढ्नुहोस् >

जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

,
जंगली हात्तीको आक्रमणमा परि बर्दियामा एक जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको आक्रमणमा परि बबई नगरपालिका–३ कर्मलाका वर्ष १८ का  विजय नेपालीको ज्यान गएको हो । मंगलबार राति निकुञ्जबाट कर्मला गाउँ पसेको जंगली हात्ती धपाउन घर बाहिर निसिकएका बेला नेपालीलाई हात्तीले कुल्चिएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । हात्तीको आक्रमणबाट नेपालीको ज्यान गएपछि आक्रोशित स्थानीय... पूरा पढ्नुहोस् >

सप्तरी घटनाले आज मधेश बन्द, अवस्था तनावपूर्ण

,
प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी लगायत अन्य मधेशका जिल्ला पनि बन्दको मारमा परेको छ । पर्सा,बारा,रौतहट,सर्लाही,धनुषा लगायत मधेशका जिल्लाहरु आज पूर्णरुपमा ठप्प भएका छन् । बन्दका कारण यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था ठप्प भएका छन् । आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका... पूरा पढ्नुहोस् >

६ देशका नागरिकलाई नयाँ भिसा नदिन ट्रम्पद्वारा निर्देशन

,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गरेका छन् ।  ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेको  विविसीले जनाएको छ । तर यसअघि भिसा वा ग्रिन कार्ड लिइसकेका ती देशका नागरिकमाथि भने रोक लगाइएको छैन । भिसा र ग्रीन कार्ड भएकाहरु अमेरिका जान पाउने... पूरा पढ्नुहोस् >

प्रहरीको हस्तक्षेपले आरआर क्याम्पसको स्ववियु चुनाव फेरि अन्यौलमा

,
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आज  हुने भनिएको स्ववियु चुनावको मतदान प्रकृया अगाडि बढ्न सकेको छैन् । चुनावका लागि सबै प्रकृया पूरा भएपनि प्रहरीको हस्तक्षेपले चुनाव फेरि अन्यौलमा परेको छ । विद्यार्थीहरु बिहानैदेखि लाइनमा बसेपछि अहिले प्रहरीले कसैलाई पनि क्याम्पसभित्र जान दिएको छैन । निर्वाचन आयोगले पत्राचार गर्नुअघि नै मिति घोषणा भएकाले त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनकै सहमतिमा सोमबार आरआर क्याम्पसको... पूरा पढ्नुहोस् >

ताजा अपडेट

धेरै पढिएका समाचारहरू