बर्दिवासका मुसहर खुसी, सकरीका मुसहर बस्ती उठ्ने चिन्तामा

तस्विर, गुगलबाट

होत्तरीको बर्दिवासका मुसहर नमूना बस्ती निर्माण हुँदैगरेको खुसियालीमा छन् भने छिमेकी भङ्गाहा—५ सकरीका मुसहर भने पुस्तौनी बस्तीबाट उठीवास हुने चिन्तामा छन् । बर्दिवासमा हास्यकलाकार धुर्मुस–सुन्तलीले नमुना बस्ती बनाउँदैछन् ।

लोहारपट्टीका जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्वोधन) रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ) मा कृषि कामदारका लागि मुसहरको बस्त िबसाएका थिए । अहिले साहका सन्तान र नातेदारले जग्गा अर्कैको नाउँमा रजिष्ट्रेसन गरि दिएर घर भत्काइ दिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास संकटमा परेको हो ।

आफ्नो जवानीको सारा जोश र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहरहरु यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई बेचेको बताएपछि छाँगाबाट खसेजस्ता भएका छन् । ‘कि करु हजुर…जिम्दार साहब् त अई दुनियाँ सऽ चैल गेला’ (के गरु हजुर…जिम्दार साहब त यो दुनिंयाँबाट बिदा भए) दलित बस्तीका ७० बर्षीय रौदी सदा मुसहरले आँसु झार्दै मैथलीमा भने, ‘आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सब्के उठ्व चाहैछैथ ।’(अहिले आएर उहाँका नातेदार हाम्रो उठीवास गराउन लागि परेका छन्) ।

लोहारपट्टीका जिम्दार स्व.रामखेलावनले बसाएका मुसहरहरुले घरझुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेका भन्दै उनका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए । छलफलपछि २५ घर आपूmहरुलाई रामकिशोरकै सहमतीमा छुट्याइएको पाँच कठ्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको मुसहरहरुको भनाइ छ ।

२०२२ सालतिर भूमिसुधार लागु भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा सारि दिएका सकरीका बुढापाकाको भनाइ छ । । २०६५ सालमा भएको छलफलमा जग्गा नाउँमा हुने बिमलप्रसाद साहकै रोहबरमा पाँच कठ्ठा आपूmहरुका घरझुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडि दिएको सो बस्तीकी मुसहर समुदायकी अगुवा रामराजी सदा बताउँछिन् । तर, अहिले बिमलप्रसादले आफ्नै बस्तीका जगत मण्डललाई आपूmहरुको घरझुप्रो भएको जग्गा पास गरि दिएका भन्दै जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सिर्वती सादा मुसहरले बताउछिन् ।

नेपालीमा अप्ठ्यारोगरी बोल्दै सिर्वतीले भनिन्, ‘झण्डै ५० बर्षदेखि बसोबास गर्दै आएको जग्गाबाट घर उखाल भन्छन्, थाना, चौकीका हाकिम पनि उनीहरुकै बोली टिप्छन् हजुर..,अब हाँमी कहाँ जाउँ..?’

लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका बिमलप्रसाद र अहिले जग्गा किनेका भनिने जगत मण्डल यि सबै कुराको साक्षी भएर पनि बुझ पचाउन थालेका मुसहरहरुको भनाइ छ । मुसहरहरुको भनाइबारे जिज्ञासा माग्दा बिमलले आफ्नो नाउँमा भएको जग्गा पास गरि दिएको र जगतले पैसा तिरेर जग्गा किनेको बताए । मुसहरहरुले अब घर खाली गरि दिन पर्ने वा चलनचल्तीको मूल्य तिर्नु पर्ने बिमल र जगतको भनाइ छ ।

यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आपूmले सहमतीमा पाँच कठ्ठा मुसहरहरुका लागि छुट्याइ दिएको भएपनि अहिले जग्गा नाउँमा हुने बिमलले अर्कैको नाउँमा पास गरि दिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउँछन् ।

सकरीमा २०२० सालताका २५-३० बर्षको उमेरमा बसेका मुसहरहरुको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पति भन्ने केही देखिदैन । पछिल्लो समय सकरीका मुसहरबिरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाहरुको षडयन्त्र भएको जिल्लाकन सामाजिक, राजनीतिक कार्यकत्र्ता तेजप्रसाद अधिकारी बताउछन् ।

‘रामकिशोरजीले २०६५ सालतिर आफ्नै घरमा गराउनु भएको छलफलमा म, भङ्गाहा गाबिसका निवत्र्तमान उपाध्यक्ष मुकुन्द दाहाल, रामकिशोरका नातेदार बिमल, मुसहर बस्तीका अगुवाहरु र समन्वयको भूमिकामा केही पत्रकार पनि हुनुहुन्थ्यो’ अहिले नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले भने, ‘चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षडयन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्यायविपरित हो ।’

पछिल्लो पटक बर्दिवासका आफ्नै समुदायका लागि हास्यकलाकार धुर्मुस–सुन्तलीले नमुना बस्ती बनाउन लागेका खबर सुनेका सकरीका मुसहरले त्यस्तै दयालु मन आफ्नो बस्तीमा आइपुगे आफ्नो मर्का सुनवाई हुनसक्ने आस सँगालेका छन् । ‘हजुर, हाम्रै नातेदार रहेका बर्दिवासका आफन्तका लागि त दयालु मन भेटिएछन्’ सकरी मुसहर बस्तीकी किशुनवती सदा मुसहरले भने, ‘त्यस्तै मन भएका हरुले हाम्रो बस्तीको बाटो देखे मन अड्याउने ठाउँ हुन्थ्यो कि..!’

तपाईंको प्रतिक्रिया