जनजाति महासंघ संविधान संशोधनको पक्षमा

प्रधानमन्त्री दाहालसँग जनजाति महासंघको टोली

रकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिबासी जनजाति महासङ्घले समर्थन जनाएको छ । आज नेपाल जादिबासी जनजाति महसङ्घले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी यस्तो बताएको हो ।

भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिबासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटमा जनजाति अगुवाहरुले विगतमा भएका सहमतिको कार्यान्वयन गर्न, स्थानीय तह पूनर्संरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्रको निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दाहरुको सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गरेको बताए । प्रधानमन्त्री दाहालले संघीय आयोगमार्फत् सम्बोधन गर्न बाँकी जनजातिका मुद्दाहरुको अधिकतम् सम्बोधनका लागि प्रयास गरिने पनि जानकारी दिए ।

गत महिना चितवनमा भएको जनजाति महासंघको अधिवेशनमा नेपाली कांग्रेस, माओवादी र अरु जातीय पार्टीहरुको गठवन्धनले एमाले समर्थित उमेद्वारहरुलाई हराएको थियो । अहिले जनजाती महासंघमा सत्तारुढ पार्टीहरुको एकलौटी पकड छ ।

तपाईंको प्रतिक्रिया