राष्ट्रपति भण्डारीलाई राजदूत रेले भेटे

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राजदूत रञ्जित रेले आज भेटवार्ता गरेका छन् । बिहान १० बजे राष्ट्रपति निवास शितलनिवास पुगेका रेले राष्ट्रपति भण्डारीसँग १०.५२ सम्म भेटवार्ता गरेका हुन् ।

श्रोत अनुसार, यही जनवरीमा २६ मा हुने भारतीय रिपब्लिकन डेको अवशरमा भारतीय राजदूतावाशले आयोजना गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारीलाई निम्ता दिन रे त्यहाँ गएका हुन् । राजदूत रेको नेपाल बसाई अब २ महिना बाँकि छ ।

तपाईंको प्रतिक्रिया