धुर्मुस–सुन्तलीले आफुलाई मुसहर भनेपछि ..

होत्तरी जिल्लाको बर्दिवास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आपूmहरुको थर ‘सदा’ भन्न आग्रह गरेका छन् । तराईको अत्यन्त पिछडिएको मुसहर जातिको बस्तीमा नमुना काम गर्न बर्दिवास आएको यो जोडिले हिजो आइतबार बर्दिवास नगरपालिकाले आयोजन गरेको कार्यक्रममा हास्य प्रस्तुति गर्दै आफूहरुलाई मुसहरको थर ‘सदा’ बाटै सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

हिमाल, पहाड र तराईबीचको सद्भाव बढाउन प्रेम र समर्पणको बाटो अवलम्वन गरिनपर्ने धुर्मुस–सुन्तलीको भनाइ छ । आपूmहरु निकै ठूलो परोपकारी काम गर्न नभई मधेसका मुसहरसँग खेल्न, रमाउन र दुःखमा सँगै उभिन बर्दिवास आएको कार्यक्रममा धुर्मुसले बताए ।

‘मुसहरसँग काम गर्न मुसहरजस्तै बने सजिलो होला’ धुर्मुसले भने–, ‘त्यसैले थर नै उनीहरुसँग मिल्दो बनाउन आपूmहरुलाई सदा भन्न आग्रह गरेका हौं ।’सो अवसरमा सुन्तलीले त ‘सदा’ भन्नभन्दा सबैले सजिलै बुझ्न सक्नेगरि आपूmलाई ‘मुसहरर्नी’नै भन्न आग्रह गरेकी थिइन् ।

हास्यकलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आपूmहरु आबद्ध धुर्मुस–सुन्तली फाउण्डेशनका तर्फबाट बर्दिवासको मुसहर बस्तीलाई नमुना बस्ती निर्माण गर्ने घोषणा यसअघि नै गरि सकेका छन् । बर्दिवास–२ का ५० घरपरिवार मुसहरका लागि सडक, बिजुली र खानेपानी सुविधासहितको नमुना बस्ती बनाउन चारकरोड ७८ लाख खर्च गरिने फाउण्डेशनले यसअघि नै घोषणा गरिसकेको छ ।

हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले घोषणा गरेका नमुना बस्ती निर्माणको शिलान्यास आज सोमबार दिउँसो प्रसिद्ध हास्यकलाकारको ‘मह’ जोडीले गर्ने कार्यक्रम रहेको छ ।

SHARE
mm
महोत्तरीमा क्रियाशिल पत्रकार गोपाल बराल तराई÷मधेसको समाज र राजनीतिको गहिरो ज्ञान राख्छन् ।

तपाईंको प्रतिक्रिया