तीन शीर्ष नेताको बैठकपछि संसद अवरोध खुल्यो

सभामुखका प्रेस संयोजक बबिन शर्माको ट्वीटरबाट

मालेसहित ९ दलले संसदमा गरेको अवरोध खुलेको छ । संसदमा भर्खरै कानून मन्त्री अजयशंकर नायकले निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गरेका छन् । एमालेसहितका प्रतिपक्षले संविधान संशोधनमा छलफल गर्न नदिने, निर्वाचनसम्बन्धी विधेयक भने प्रस्तुत गर्न दिने अडान राखेका थिए ।

संसद अवरोध खुलाउन सभामुख ओनसरी घर्तीले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक राखेकि थिइन् ।

निर्वाचन विधेयक प्रस्तुत गरेलगत्तै एमालेसहित बिपक्षी दलहरुको विरोधका बीच सभामुख घर्तीले संविधान संशोधन विधेयक अघि बढाएकी छन् ।

तपाईंको प्रतिक्रिया