ओलीसँगै पत्नी राधिका पनि र्यालीमा

ब्यानरपछि रहेका ओलीसँगै हरियो स्वेटर लगाएकी ओलीपत्नी राधिका, तस्विर नवराज श्रेष्ठ

नेकपा एमालेसहित ९ दलको संविधान संशोधनविरुद्धको र्याली शहरका बिभिन्न भाग परिक्रमा गरी केही बेरमा भृकुटीमण्डपमा सभामा परिणत हुँदैछ । बिभिन्न ठाउँबाट आएका र्यालीहरु रत्पार्कमा जम्मा भएर एकिकृत र्याली अहिले चलिरहेको छ । रत्नपार्कबाट सुरु भएको र्यालीको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेका छन् । ओलीसँग उनकी पत्नी राधिका शाक्य पनि र्यालीमा सहभागि छिन् ।

संविधान सभाको दोश्रो निर्वाचनको प्रचारको क्रममा पनि एमालेले ठूलो र्याली र सभा नगरेकोले आजको र्याली र सभालाई एमालेको शक्ति प्रदर्शनका रुपमा हेरिएको छ । यद्यपि, आजको र्याली र सभामा भक्तपुरबाट मास उतार्ने शक्ति भएको नेपाल मजदूर किसान पार्टी पनि सहभागि छ ।

तपाईंको प्रतिक्रिया