भोली एमालेले पाँच सय स्वयंसेवक खटाउने

मालेसहित ९ दलले पुष २२ गते गर्न लागेको र्याली दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने एमालेले बताएको छ । एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुसार, र्यालीलाई व्यवस्थित बनाउन ५०० स्वयंसेवक परिचालन गरिनेछ । विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने र एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुने भट्टराईले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । सभालाई ९ राजनीतिक दलकै प्रमुखहरूले सम्बोधन गर्नेछन् ।

आज बिहान एमाले कार्यालय धुम्बाराहीमा उपाध्यक्ष बामदेव गौतमले स्वयंसेवकहरुलाई प्रशिक्षण दिएका थिए । त्यसक्रममा गौतमले नेपाली कांग्रेस, माओवादी केन्द्र र भारत आफ्नो पार्टीलाई कमजोर बनाउन लागेको बताएका थिए ।
एमालेसहित संसदमा रहेका ९ दलले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबिरुद्ध पुष २२ गते काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् ।

तपाईंको प्रतिक्रिया