सर्वोच्चको फैशला आफ्नो पक्षमा भएको एमालेको दावी

फाइल फोटो

नेकपा एमाले स्थायी समिति बैठकले सर्वाेच्च अदालतको हिजोको फैशलाले प्रदेशसभाको सहमति बिना प्रदेशको सिमा हेरफेर हुननसक्ने आफ्नो पार्टीको अडानलाई पुष्टि गरेको दावी गरेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जारी गरेको बिज्ञप्ती अनुसार, बैठकले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएर राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारलाई आह्वान गरेको छ । सर्वाेच्चको फैशलापछि विकसित राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे संसदमा रहेका ९ दलको आफ्नो नेतृत्वको बिपक्षी मोर्चासँग छलफल गरेर अघि बढ्ने पनि एमाले स्थायी समितिको निर्णय छ ।

तर, एमाले बैठकले पुष २२ गते काठमाडौंमा गर्न लागेको र्याली र सभालाई भने अझ सशक्तरुपमा गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश नम्बर ५ को आन्दोलनमा सहभागि सबैलाई धन्यवाद दिएको छ । एमालेको यो निर्णयले अब त्यहाँ त्यो प्रकारको आन्दोलन अघि नबढाउने आशय देखाउँछ ।

तपाईंको प्रतिक्रिया