गायिका बनेर छवि बदल्दै तिर्सना

मोडलका रुपमा चर्चित तिर्सना बुढाथोकीले राष्ट्रिय गीत ‘म हुँ नेपालकी छोरी’ बजारमा ल्याएकी छिन् । दुई सयभन्दा बढि म्युजिक भिडिओमा मोडलिङ गरिसकेकी तिर्सनाले यही तीजदेखि गीत गाउन सुरु गरेकी हुन् । आफ्नै प्रोडक्शन हाउस ‘तिर्सना सिने प्रोडक्शन हाउस’ ले निर्माण गरेको तथा तिर्सनाले नै निर्देशन गरेको यो म्युनिजक भिडिओमा बज्ने गीतका शब्द गोबिन्दप्रसाद उपाध्यायका हुन् भने संगीत बिक्रम थापाले दिएका छन् ।

मायाँ, प्रेम र उत्तेजक गीतहरुमा मोडल बनेर चर्चामा आएकी तिर्सना आफैंले गाएका गीत भने सांस्कृतिक, धार्मिक, राष्ट्रिय भावना बोकेका छन् । ‘पेसेवर कलाकार भएकाले जस्तो गीतमा पनि मोडलिङ गर्नुपर्ने हुँदा मेरो छवि त्यस्तो बन्न गयो, तर म आफैंले गाउँने गीत र निर्माण गर्ने म्युजिक भिडिओ भने उत्तेजक नभएर सन्देशमूलक छन्, हुनेछन्’ तिर्सना भन्छिन्, ‘हिजो बजारमा आएको नयाँ गीतमा पनि हिमाल, पहाड, तराई जोड्न लागेकी नेपाली छोरीको भावना ल्याएकी छु ।’

‘गुन्यूँ र चोली मलाई सुहाउँछ, चौबन्दीमा पटुकी मन पर्छ, पाखा र पखेरीमा हुर्र्र्र्किएकी गोरी, म हुँ नेपालकी छोरी
हिमालमा पुग्छु, हिउँसँगै भुल्छु, पहाडका बन पाखा गुराँससँगै फुल्छु
तराईका फाँट फाँट कोइली झै डुल्छु’ शब्द भएको गीतमा तिर्सनासँग सुस्मिता गुरुङ नाचेकी छिन् ।

गीतको भिडियो:–

तपाईंको प्रतिक्रिया