टोपबहादुर रायमाझीले भने—संविधान संशोधन पारित हुदैन

त्तारुढ माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनभन्दा कार्यान्वयन महत्वपूर्ण भएको बताएका छन् । राप्ती ब्रोडकास्टिङ प्रालीले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी संसदीय दलको उपनेतासमेत रहेका रायमाझीले संविधान कार्यान्वयनभन्दा संशोधन पहिला आएकाले समस्या देखिएको बताए ।

रायमाझीले माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री रहेको वर्तमान सरकारले ल्याएको संशोधन प्रस्तावको बिपक्षमा सार्वजनिक मत राख्दै आएका छन् । सरकारले अहिले ल्याएको संशोधन प्रस्तावमा मतदान भए बिपक्षमा मत हाल्ने पनि उनले बताउँदै आएका छन् । संविधान कार्यान्वयनका लागि संशोधन हुनुपर्ने सरकार र सत्तारुढ पार्टीका नेताहरुको भनाई छ भने रायमाझी संविधान कार्यान्वयन पहिलो आवश्यक्ता रहेको मान्यता राख्छछन् ।

आजको कार्यक्रममा उनले संविधान संशोधन गर्न राष्ट्रिय सहमति हुनुपर्ने बताए । ‘संविधान संशोधन प्रस्ताव पार्टीको पनि होइन र आन्दोलनकारीको पनि होइन त्यसैले यो पारित हुदैन’ रायमाझीको भनाई छ ।

तपाईंको प्रतिक्रिया