संसारलाई अलबिदा गरे साहित्यका धरोहर कमलमणि दीक्षित

बरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ बर्षको उमेरमा आज बिहान निधन भएको छ ।
मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको बिहान २ः४५ मा उनकै पाटनढोकस्थित निवासमा निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित भएपछि दीक्षितलाई बी एण्ड बी अस्पतालमा उपचारमा राखिएको थियो । नेपाली भाषासाहित्यलाई औधी मायाँ गर्ने दीक्षितलाई भाषासाहित्य क्षेत्रको ‘एउटा शिरपोष’ मानिने गरिन्थ्यो ।
उनका दुइ छोराहरु कुन्दा र कनकमणि स्थापित पत्रकार हुन् भने छोरी रुपा जोशी पनि लेखनमा चिनिएकी छिन् । दीक्षितको सम्पादनमा सम्वत २०१६ देखि प्रकाशनमा आएको ‘नेपाली’ त्रैमासिक पत्रिका अझै पनि निरन्तर छ ।
साहित्यकार दीक्षितको योगदानलाई नजिकबाट बुझ्ने साहित्यिक पत्रकार रोचक घिमिरेले ‘नेपाली भाषा–साहित्यमा संस्थागत तथा व्यक्तिगत रुपमा आजीवन योगदान पु¥याउने एक उदाहरणीय व्यक्ति’ भनेर कमलमणिको समर्पणलाई सम्झेका छन् ।
मदन र जगदम्बा पुरस्कार स्थापनाको मानकसँगै देश–विदेशमा नेपाली भाषाप्रेमी जोकोहीलाई उच्च सम्मान र आदरका साथ हेर्ने अभियन्ताका रुपमा आफूले दीक्षितलाई लिएको पत्रकार घिमिरेले प्रतिक्रिया दिए ।

तपाईंको प्रतिक्रिया