क्रिसमसलाई कब्जाबाट मुक्त गर ः पोप फ्रान्सिस

पोप फ्रािन्ससले क्रिसमसलाई भोकाको आवश्यकतालाई देख्न नसक्ने गरी इसाइहरुलाई अन्धो बनाउने भौतिकवादले कब्जामा लिएको बताएका छन् ।

चुनिएको चौथो वर्षमा भ्याटिकनमा वार्षिक प्रवचन दिदै ८० वर्षीय पोपले यस्तो बताएका हुन् । उनले क्रिसमस इभमा हाम्रो एक दुनियाँलाई प्रायः उपहार, भोज र आत्मकेन्द्रिकरणको भुतले सताएको समेत बताए ।

’यस्तो सांसारिकताले क्रिसमसलाई कब्जामा लिएको छ, यसलाई मुक्त गर्नु जरुरी छ ।’ वासिलिकामा उपस्थित दसौं हजार इसाई धर्मावलम्बीलाई सम्बोधन गर्दै उनले भने ।

’हामी उपहारमा चासो राख्छौं, तर सीमान्तीकृत मानिसहरुप्रति हामी चिसा छौं,’ फ्रान्सिसले भने, ’जन्मन नदिइएका, कसैले पनि भोकलाई तृप्त नगरेको हुनाले रोइरहेका र हातमा खेलौना होइन बन्दुक थमाइएका बालबालिकाहरुले हामीलाई दिइरहेको चुनौति हामी स्वीकार गरौं ।’

डेलीमेल अनलाइनबाट

तपाईंको प्रतिक्रिया