सिआइएको सद्दाम अप्रेसनमा खटिएका जोन निक्सनले आफ्नो पुस्तकमा लेखेका छन्-सद्दाम सही थिए

दिसम्बर तेरहका दिन सिआइएका एजेण्टहरुले सद्दाम हुसेन भनेर कसैलाई भूमिगत बंकरबाट माथि ताने । तानेको दारीवाल व्यक्ति सद्दाम नै हुन् कि होइनन् भनी एकीन गर्न सिआईए हेडक्वार्टरमा सोधियो । सिआईएका कार्यकारी प्रमुख क्रोनगार्डका अफिसमा बसेका अप्रेसनका जिम्मेवार व्यक्तिले सद्दामको दाहिने हात र नाडीमा खोपिएको जातीय ट्याटु, उनको देब्रे खुट्टामा लागेको गोलीको दाग र एकातिर लत्रेको तल्लो ओठ हेर्न भने । यो हुलिया सिआइएले भिडियो टेप हेरेर निश्चित गरेको थियो ।

क्रोनगार्डले भन्यो, ’यो सद्दाम नै हो भनेर ठम्याऊ, कसैको पनि दुईटा जिउ हुदैन ।’ यसका पछाडि सद्दामका थुप्रै डुप्लिकेटहरु छन् भन्ने हल्ला थियो ।

मैले सद्दामले मात्र जवाफ दिन सक्ने प्रश्नहरु तयार गरें ।

राती नाइटभिजनका चालकहरुले मलाई एअरपोर्ट रोडमा पु-याए । अचानक ढोका उघ्रियो । म त हावामै चकित भएँ । त्यहाँ धातुको फोल्डिङ्ग मेचमा सेतो दिस्दासा पोशाक लगाएको, छातीमा हान्ने हावा छल्न तकेको नीलो विण्डब्रेकर लगाएको उही व्यक्ति बसेको थियो । उ चमत्कारी थियो भन्ने कुरा इन्कार गर्न त मिल्दैन । ऊ ६ फिट १ इन्च अग्लो भीमकाय मानिस थियो ।

एकजना अनुवादकको सहयोग लिएर मैले भनें, मैले तपाईंलाई केही प्रश्न सोध्नु छ । तपाईंले साँचो साँचो भन्नुपर्छ । बुझ्नुभो ?

मलाई त हाम्रो हातमा परिसकेको सद्दामले फटाफट भन्ला भन्ने लागेको थियो । तर म त झस्कें । सद्दामले भने, ‘को हौ तिमीहरु ? सैनिक गुप्तचर हौ कि, मुखाबरात (असैनिक गुप्तचर) ? भन, तिमीहरु को हौ भन्ने कुरा मलाई खुलाएर भन ।’

मैले उनको ट्याटु चिनें । उनको ओठ पहिचान गरें । अब खुट्टाको गोलीको दाग हेर्नु थियो । उनी कसरी बग्दादबाट भागे, भाग्न कसले मदत ग-यो भन्ने म जान्न चाहन्थे ।तर उनी सबै प्रश्नको जवाफ दिदैनथे, जुन उनलाई मन लाग्यो, त्यही मात्र दिन्थे ।

‘तिमीले राजनीतिको बारेमा मलाई सोध्दै सोधेनौ नि, मबाट तिमीले धेरै सिक्न सक्थ्यौ’ उनले गर्जेर भने । उनले खुट्टामा लागेको गोलीको दाग देखाउन कपडा माथि सारे । मैले पुरानो दाग देखें । यो गोलीको दाग हो कि ? मैले सोधें । त्यो पनि सही ठहरियो । उनलाई पक्रन फौजीहरुले अपनाएको भद्दा तरिका सम्झेर उनी गर्जन्थे । उनलाई उनका छोरा उदयका बारेमा पनि सोधियो । सद्दामलाई सफलतापूर्वक पक्रे पनि हामी उनीसंग भएका आम विनासकारी हतियार र उनको शासनका बारेमा जान्न चाहन्थ्यौं । तर उनका जवाफ नक्कली खालका हुन्थे ।

एक प्रश्नको उत्तर दिदै उनले भने, ’अर्को गर्मीयाममा उनीहरुले तिमीहरुका विरुद्ध विद्रोह गर्नेछन् । तिमीहरुले सद्दामलाई पक्रनलाई एक देशघाती मानिस भेट्यौ । आम विनासकारी हतियार कहाँ कहाँ राखेको छ भन्ने कुरा उसले भन्न सक्तैन र ?’

उनले अमेरिकीहरु एक जत्था विध्वंसकारी गुण्डाहरु मात्र हुन्, तिनले इराक बुझेका छैनन् भनेर चेतावनी दिए । उनले भने, ‘इराक आतंककारी मुलुक होइन । ओसामा विन लादेनसंग हाम्रो केही सम्बन्ध छैन । कुनै आम विनासकारी हतियार पनि छैन । हामी हाम्रा छिमेकीका लागि कुनै पनि हालतमा खतरा होइनौं । तर जर्ज डब्लु बुसले बित्थामा इराकले उनका बाबुलाई आक्रमण गर्न खोेजेको भन्दै हामीसंग आम विनासकारी हतियार छ भनेर आरोप लगायो । म तिम्रा राष्ट्रपतिसंग डराउनेवाला मानिस होइन, मैले मेरो देशको प्रतिरक्षा गर्न जानेको छु’ हामीले उनको मुखबाट यस्तो सुन्नुपर्ला भन्ने ठानेका थिएनौं ।

उनी मतिर फर्केर गर्जे । सद्दामका भनाइमा केही सत्यता त थियो । उनको जस्तो हत्यारो हेराई भएको मानिस भने मैले आजसम्म देखेको थिइन । मैले उनलाई उनको ढाडमा कडा दुखाइले गर्दा उनले रातो मासु र सिगार खान छोडेको सिआइएको विश्वासका बारेमा पनि सोधें । उनले ‘हुँदै नभएको कुरा कहाँबाट थाहा पायौ ?’ भनेर उल्टै सोधे । उनले हरेक दिन चारवटा सिगार खाने गरेको र रातो मासु पनि नछोडेको बताए । उनी आश्चर्यजनक किसिमले तन्दुरुस्त थिए । उनका बारे हाम्रा कतिपय धारणाहरु गलत निस्के । छोरीहरु राना र राघिदबारे सोध्दा भने उनी निकै रिसाए ।

तिमीहरु असफल हुदैछौ, उनले हामीलाई भने । उनले किन त्यस्तो सोचे त ? उनले भनेका थिए, ’तिमीहरुलाई हाम्रो भाषा, इतिहास र अरब दिमागबारे केही पनि थाहा छैन, इराकी मौसम र इतिहास नबुझी इराकी जनतालाई बुझ्न निकै कठिन छ, दिन र रात अनि हिउँद र बर्खाका बीचको भिन्नता बुझ्नुपर्छ, गर्मी यामको धूपले गर्दा इराकीहरु कडा मुटुका हुन्छन् ।’ इतिहासले उनलाई सही प्रमाणित गरेको छ ।

डेली मेलबाट

तपाईंको प्रतिक्रिया