नेपाल आयल निगम लिमिटेडको अत्यन्त जरुरी सूचना

न्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भई निगमले त्यसै अनुसार बढी मूल्य तिर्नुपर्ने साथै नेपालमा भन्दा सीमावर्ती भारतीय बजारमा पेट्रोलमा प्रति लिटर रु. १८ रुपैयाँ ७५ पैसा र डिजेलमा रु. २५ रुपैयाँ २ पैसा महंगो रहेको र खुला सिमानाका कारणले २०७३ पुष ४ गतेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको छ । मूल्य समायोजन गर्दा पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थमा प्रति लिटरमा रु.४।५० ले वृद्धि गरिएको छ ।

यसवाट पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरणमा सहजता र निरन्तरता आउने विश्वास गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढका आधारमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य विवरण अनुसार नै नेपालमा पनि मूल्य निर्धारण गरिने हुँदा सोही बमोजिम अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय वजारमा मूल्य घटे-बढेमा सोही अनुसार नेपालमा पनि घटाउने-बढाउने प्रतिवद्धता व्यक्त गर्दै हालको मूल्यवृद्धि गरिएको सर्वसाधारणमा अवगत गराउँदछौं ।

एडभोटोरियल

तपाईंको प्रतिक्रिया