प्रहरीमा बढुवाः पन्ध्रजना एसपी ,तीनजना डिआईजीमा

नेपाल प्रहरीले तीनजना प्रहरी बरिष्ठ उपरिक्षकसहित १५ जना डिएसपीहरुको बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको हिजो बसेको बैठकले ३ जना एसएसपीलाई डिआईजीमा र १५ जना डिएसपीलाई एसपीमा बढुवामा सिफारिस गरेको हो । एसएसपीबाट बढुवा भई डिआईजी हुनेहरुमा गणेश के.सी. ,केदारमान सिँह भण्डारी र रमेश भट्टराई रहेका छन् । बढुवा गर्न बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली अनुसार बढुवाको लागि सिफारिस गरिएको उल्लेख गरेको छ ।
डिएसपीबाट बढुवाभई एसपीहुनेहरुको नामावली
१ राजेन्द्र कुमार थापा क्षेत्री
२ राम कुमार थापा ,
३ राज कुमार लम्साल ,
४ अनुराग कुमार द्विबेदी ,
५ चन्द्र कुबेर खापुङ
६ बिद्यानन्द माझी ,
७  सानु काजी लामिछाने ,
८  बिपिन कुमार कर्माचार्य ,
९  मधु सुदन लुईटेल ,
१०  दिल्ली राज पन्त ,
११  ध्रुब राज राउत ,
१२ मोहन प्रसाद पोखरेल ,
१३ राजेन्द्र सिँह खड्का ,
१४ टिका बहादुर के.सी.
१५ योग बहादुर पाल
त्यस्तै हिजो बसेको बैठकले नै प्रहरीको प्राविधिक प्रहरी समुह , स्वास्थ्य उप –समुह लगायततर्फ पनि बढुवा गर्न सिफारिस गरेको छ ।

तपाईंको प्रतिक्रिया