राष्ट्रपति र प्रधानमन्त्रीबिच आज भेटघाट हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज भेटवार्ता हुँदैछ । अहिलेको राजनीतिक गतिरोध समाधानका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबिच छलफलको लागि भेटघाट हुन लागेको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको हो ।
छलफलका लागि प्रधानमन्त्री दाहाल शितल निवास जाने उनको सचिवालयले जनाएको छ । सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि सत्तारुढ र विपक्षी दलबिचको बढदै गएको दूरीको निकासको समाधानको बारेमा पनि छलफल हुने सचिवालयको भनाई छ ।
एमाले लगायतका दलको अवरोधका कारण संसद बैठक चल्न सकेको छैन । संसद नचल्दा अख्तियारका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव, चुनाव सम्बन्धी महत्वपूर्ण कानून लगायत विषय संसदमै थन्किएका छन् ।

तपाईंको प्रतिक्रिया