राजनीति गतिरोध अन्त्य गर्नको लागि सभामुख घर्तीले पहल गर्दै

संविधान संशोधनको विषय लिएर उत्पन्न राजनीति गतिरोध अन्त्य गर्नको लागि सभामुख ओनसरी घर्तीले पहल गर्न थालेकी छन् । उनले यसका लागि बिहीबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने उनको कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ ।
सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल हुने उनका निजी सचिवालयको भनाई छ । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि राजनीतिक संकट गहिरिँदै गएपछि यसको समाधानका लागि आफुले पहल गर्न थालेको उनको भनाई रहेको बुझिएको छ ।
एमालेसहितका दलहरुले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएका छन् । पश्चिमका बिभिन्न जिल्लामा दिनहुँ प्रदर्शन भइरहेका छन् । संशोधनको विषयमा सत्तारुढ कांग्रेस र माओवादीभित्रै समेत असन्तुष्टी छ । यस्तो बेला मिलेरै अघि बढ्न दलहरुलाई दबाब बढ्दै गएको छ ।

तपाईंको प्रतिक्रिया